back
CTIZAN AD

कोपिला

वि.सं.२०८१ जेठ १२ शनिवार

1.3K 

shares

गणेश लोहनी
चितवन, हाल-काठमाण्डौ


बुद्ध भूमि नेपालमा जन्मिएको सार बनौं
अहिंसा परमोधर्म, बुद्ध वाणी खोपौं मन मनमा
हिंसालाई काट्न सक्ने अहिंसाको धार बनौं


अनिश्वरवादी बुद्धले मूर्ति पूजेनन् कहिल्यै
अनात्म, अनित्य, अनिश्वर यी तीन हुन् बुद्ध त्रिरत्न
उनलाई पूज्नेले यो यथार्थ बुझेनन् कहिल्यै


प्रतित्य–समुत्पाद बुद्ध शिक्षाको चुरो मानिन्छ
बुद्धका मार्गदर्शन जीवनोपयोगी व्यवहारिक शिक्षा हो
अष्टाङ्गिक मार्ग नबुझे बुझाई अपुरो मानिन्छ


गहिरिएर बुद्ध दर्शन पढौं औ बुझौं हामी
“शरणम् गच्छामि“ भनेर मात्र कहाँ जोगिन्छ बुद्धत्व
इतिहासै माथि धावा बोल्ने संग जुझौं हामी


बुद्ध युगान्तकारी महामानव अद्भूत हुन् नेपालका
बुद्ध शिक्षाको अनुशरण गरौं “बुद्धम् शरणम् गच्छामि“ भनौं
छब्बिस सताब्दी पुरानो शान्ति दुत हुन् नेपालका

वि.सं.२०८१ जेठ १२ शनिवार ०९:०४ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...