back
CTIZAN AD

कविता : इच्छुकप्रति श्रद्धासुमन

वि.सं.२०८१ जेठ १९ शनिवार

1.2K 

shares

विदुर अधिकारी, रामपुर, चितवन

हे इच्छुक हे, क्रान्ति प्रचारक
वीर पुत्र हौ, युगका रक्षक
हौ शुभ द्रष्टा, भवका दर्पण
गर्छौँ कविप्रति, श्रद्धा अर्पण
(१)

तिम्रा लेखन–ले दिल छुन्थ्यो
सामन्तीको, झड्का दिन्थ्यो
शोषित जनका हौ शुभ धड्कन
गर्छौँ कविप्रति, श्रद्धा अर्पण
(२)

थ्यौ अति आँटी, बोल्न सिपालु
जनबिच क्रान्ति, घोल्न सिपालु
टर्दछ भन्थ्यौ बाधा अड्चन
गर्छौँ कविप्रति श्रद्धा अर्पण
(३)

तिम्रा कविता क्रान्ति उराल्थे
सुन्दा जन उत्साहित हुन्थे
सामन्तीको दिन्थ्यौ चड्कन
गर्छौँ कविप्रति श्रद्धा अर्पण
(४)

छैनौ अहिले, जगमा इच्छुक
तर ती वाणी अझ छन् सार्थक
सहिद बनाए, खलले तत्क्षण
गर्छौँ कविप्रति, श्रद्धा अर्पण
(५)

छन्द : पादाकुलक (मात्रिक)

 

 

वि.सं.२०८१ जेठ १९ शनिवार ०७:३० मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...