अमेरिका । लामो समयदेखि अमेरिकाको बाल्टिमोरमा बस्दै आएका गायक सञ्जिप प्रधानले ‘ रेलै घुम्ने स्टिम इञ्जिन’ बोलको गीत सार्वजनिक गरेका छन् । ।
प्रधानले आफ्नै संगीत,शब्द तथा स्वर सबै उनको रहेको ‘स्टिम इञ्जिन’ बोल गीतको भिडियो सार्वजनिक गरेका हुन् ।
गायक प्रधान आफै र मोडल करिश्मा श्रेष्ठको मोडलिङ रहेको उक्त गीतमा कबवेभ व्याण्डका दिपेश मुल्मीको एरेञ्ज रहेको छ ।
देउरालीको चौतारीमा, नशाभित्र नशासरी, भोलि फेरि सल्लाघारीमा जस्ता लोकप्रिय गीतका कारण चर्चामा रहेका प्रधान लामो समयपछि दर्शक माझ फर्केका हुन् ।
उक्त गीतको छायांकन काभ्रेको पनौतीका रमणीय स्थानमा गरिएको हो । भिडियो यात्रामा रहेका एक यात्रीले कल्पना गरिरहेकी सुन्दर युवतीलाई वास्तविक जीवनमा भेटेको दृश्यलाई निर्देशक सुव्रत आचार्यले कलात्मक रुपमा देखाएका छन् ।
निर्देशक आचार्यले प्रधानको यस गीत अनुसार पप शैलीमा आधारित भई निर्माण गरिएको बताएका छन् ।
जया शर्मा क्रियटिभ निर्देशक रहेको सार्वजनिक भिडियोको छायांकन उत्सव दाहालले गरेका हुन् भने सम्पादन विकास दाहालले गरेका हुन् ।
वि.सं.२०८१ असार ७ शुक्रवार १३:१४ मा प्रकाशित



























