back
CTIZAN AD

‘एसइईमा आधा बढी किन असफल भए सरकारले जवाफ दिनुपर्छ’

वि.सं.२०८१ असार १४ शुक्रवार

618 

shares

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसदहरुले गतवर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा ५२ प्रतिशत विद्यार्थी के कारणले असफल भए समीक्षा गर्न आग्रह गरेका छन् ।

उनीहरुले बिहीबार प्रकाशित एसइई परीक्षाको नतिजाले ठूलो प्रश्न चिह्न खडा गरेको टिप्पणी गरेका छन् । बैठकमा सांसद रोशन कार्कीले ५२ प्रतिशत विद्यार्थी असफल भएको सम्बन्धमा शिक्षामन्त्रीको ध्यानाकर्षण गराउँदै कलिला युवाको मनस्थिति के भएको होला भन्नेबारेमा सोच्नुपर्ने बताए ।

उनीहरुले भने, ‘उनीहरु असफल भएको कुरा कुन मनोवैज्ञानिकले हेरिराखेका होलान् । शिक्षा नै मूलद्वार हो, जसले देशको विकास गर्छ । यसबारेमा शिक्षा मन्त्रालय अत्यन्त गम्भीर भएर हेर्नुपर्छ, उनीहरु किन उत्तीर्ण हुन सकेनन् । कसको कमजोरीले यति धेरै विद्यार्थी असफल भएका हुन ?’

सांसद सांसद रञ्जुकुमारी ठाकुरले नीतिगत भ्रष्टाचार हुन नदिन र विपद् व्यवस्थापनको पूर्व तयारीलाई गति दिन सरकारले ध्यान दिनुपर्छ भने । सांसद रेखा यादवले एसइईको परीक्षामा के कारणले विद्यार्थी असफल यस विषयमा सरकारले सदनमा जवाफ दिनुपर्छ भने । सांसद महन्थ ठाकुरले महोत्तरीमा बाढी नियन्त्रणको लागि जनता तटबन्धको कार्यक्रम ल्याइएको तर अहिलेसम्म ४० प्रतिशत काम मात्र समाप्त भएको जनाउँदै त्यो कार्यक्रमलाई अन्यत्र नसार्न आग्रह गरे ।

सांसद प्रदीप पौडेलले एसइईमा अधिकांश विद्यार्थी असफल भएको सन्दर्भमा सरकारले गुणस्तर वृद्धि गरेर धेरै विद्यार्थीलाई उत्तीर्ण गर्न लाग्नुपर्नेमा त्यो गर्न नसकेको टिप्पणी गरे । सांसद नैनकला थापाले अविरल वर्षाका कारण भइरहेकोे धनजनको क्षतिप्रति सरकारको ध्यानाकर्षण गराए । सांसद पूर्णबहादुर तामाङले निर्माण व्यवसायीले काम गरिसकेको रु ४० अर्ब सरकारले निकास नगरेको उल्लेख गर्दै तत्काल रकम निकासा गर्न आग्रह गरे ।

वि.सं.२०८१ असार १४ शुक्रवार १५:०६ मा प्रकाशित

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत 

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत 

दाङ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशसभाबाट विश्वासको मत प्राप्त...

पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश

पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश

काठमाडौँ । वरिष्ठ पत्रकार तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई...

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

काठमाडौँ । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न...

बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले दिए राजीनामा

बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले दिए राजीनामा

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामा दिएका...

सभामुखको रुलिङपछि हट्यो संसद्को गतिरोध

सभामुखको रुलिङपछि हट्यो संसद्को गतिरोध

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको विवादास्पद अभिव्यक्तिलाई लिएर लामो समयदेखि...

रवि लामिछानेले बोलाए रास्वपा केन्द्रीय समिति बैठक, पदाधिकारी र केन्द्रीय सदस्य मनोनयनको तयारी

रवि लामिछानेले बोलाए रास्वपा केन्द्रीय समिति बैठक, पदाधिकारी र केन्द्रीय सदस्य मनोनयनको तयारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आगामी...