वीणा रोका क्षेत्री, दाङ
तिमी आफ्नै भन्ने छु ठानेको मैले
मेरै दिलको राजा छु मानेको मैले
गरी माया धेरै रमाएको हरदम
सयौँ मान्छेभित्रै छु छानेको मैले
बुझेनौ मेरो प्रेम सच्चा हो भन्ने
जुधाई यी आँखा हुँ तानेको मैले
बगैँचामा डुल्ने तिनै माली जस्तै
प्रतीक्षामै जीवन छु धानेको मैले
सधैँ आशङ्का भो यहीँ चोखो दिलको
तिमी बाङ्गो मान्छे छु जानेको मैले
बहर – अनुराग
अर्कान – मुफाईलुन् फैलुन् मुफाईलुन् फैलुन्
वजन – १२२२ , २२ , १२२२ , २२
काफिया – आ
तहलिली रदिफ- नेको
रदिफ -मैले
वि.सं.२०८१ असार १५ शनिवार ०८:०६ मा प्रकाशित






























