टंक चन्द ठकुरी
दाङ्ग, तुलसीपुर
थर भन्दा पनि नाम पो काम लाग्छ अचेल
दशालागे नाम अघि बदनाम लाग्छ अचेल
नाम त मेरो पनि छ अर्थ नलाग्ने कुनै कतै
कहिलेकसो चैं पूर्णविराम लाग्छ अचेल
कोही पदवी बेच्छन् त कोही अलङ्कार नै
मेरो श्री बेच्न भने लाखौं दाम लाग्छ अचेल
आवाज दवाएर तिम्रो र मेरो न्याय मारेपछि
दिनमा रात पर्छ र रातमा घाम लाग्छ अचेल
वीरता र दिमाग अनि पसिना बेच्न बिदेसिने
टङ्क चन्द जस्तै धेरैको लाम लाग्छ अचेल ।
वि.सं.२०८१ असार १५ शनिवार ०८:२५ मा प्रकाशित






























