back
CTIZAN AD

लघुकथा:दुनियाँ र कला

वि.सं.२०८१ असार १५ शनिवार

2K 

shares

नवराज न्यौपाने ’मौन’तनहुँ

उसले लाखौंलाख राम्रा काम गरेर देखायो । सारा गाउँले उपभोक्ताहरूले उसलाई भव्यरुपमा सम्मान गरे । सबैले घर घरमा उसको तस्वीर पनि राखे ।

तर उसको अफिसबाट भने कहीँ कतै सम्मान र पुरस्कार पाउन सकेन । न त उसको कहिल्यै बढुवा भयो , न त मागेको ठाउँमा सरुवा भयो । किनकि उसमा खाने र खुवाउने कला थिएन ।

उसले श्रीमतीलाई पनि एकोहोरो माया गरिरह्यो । बढी माया गरेकोले श्रीमतीले बढी नै छलकपट र षड्यन्त्र बुनेर दुःख दिइरहिन् । ऊ चूपचाप सहेर बसिरह्यो । किनकि उसमा छलछाम गर्ने कला थिएन ।

अहिले ऊ एक्लो छ । ऊसँग सबैखाले सीप र इलम छ । तर समाजले उसलाई गन्दैन । किनकी उसमा कूटनीति र झूठ बोल्ने कला थिएन ।

अचेल ऊ भन्छ – ’मान्छे इलम र प्रतिभाले महान बन्दैन, समयानुकूल रङ्ग फेर्नसक्ने कलाले नै महान बन्दोरहेछ । बुढ्यौलीमा चेत पलाए पनि मैले आफूलाई बदल्न सक्तिन ।’

वि.सं.२०८१ असार १५ शनिवार ०८:३९ मा प्रकाशित

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

विराटनगर । काव्य उद्यान नेपाल, विराटनगरको औपचारिक उद्घाटन भएको छ...

चारु

चारु

लक्ष्मी दास शर्मा, टासिछोलिङ, साम्ची, भुटान साउन मास पवित्र बेला...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही- १८, दाङ १. जसको हातमा पावर छ...