back
CTIZAN AD

वर्षासँगै किसानलाई रोपाइँको चटारो

वि.सं.२०८१ असार २१ शुक्रवार

1.1K 

shares

बैतडी । केही दिनदेखि भइरहेको वर्षासँगै बैतडीका किसानलाई रोपाइँको चटारो छ । आकाशे पानीमा निर्भर यहाँका किसान वर्षासँगै रोपाइँ गर्ने चटारो भएको हो ।

दोगडाकेदार-३ श्रीकोटका गणेशसिंह विष्टले सिचाइँ सुविधाको अभावमा आकासे पानीको भर पर्ने यहाँका किसान धमाधम रोपाइँ गर्न लागेका बताए । उनले भने, “सिँचाइ सुविधा नभएर आकासे पानीको भरमा थियौँ, वर्षा भएसँगै रोपाइँको चटारो परेको छ ।”

जिल्लामा धानखेती हुने क्षेत्रमध्ये ४० प्रतिशतमा मात्रै सिँचाइ सुविधा पुगेको छ । कृषि ज्ञान केन्द्र बैतडीका प्रमुख घनश्याम चौधरीले वर्षा भएसँगै धमाधम रोपाइँ भइरहेको बताए । जिल्लामा हालसम्म ७० प्रतिशत रोपाइँ सम्पन्न भएको पनि उनले जानजकारी दिए । “सिँचाइ सुविधा भएका ठाउँमा यसअघि नै रोपाइँ सम्पन्न भइसकेको छ । आकासे पानीको भरमा रहेका किसान हाल रोपाइँमा व्यस्ता छन्”, कार्यालय प्रमुख चौधरीले भने ।

समयमा वर्षा नहुँदा यस वर्ष रोपाइँ गर्न ढिलाइ भएको छ । गत वर्ष असार मध्यसम्म ८५ प्रतिशत धान रोपाइँ सम्पन्न भएकामा यस वर्ष ७० प्रतिशतमात्रै भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

जिल्लाको पाटन नगरपालिका क्षेत्रका पाटनसेरा, डिलाशैनीको गोकुलेश्वर, सिगासको ढुङ्गाड, मेलौलीको सलेना, पञ्चेश्वरको महाकालीसँग जोडिएको क्षेत्र, दशरथचन्द नगरपालिकाको महाकालीसँग जोडिएका क्षेत्र र सुर्नयाको सुर्नया नदीसँग जोडिएका क्षेत्रलाई धान पकेट क्षेत्रका रूपमा लिने गरिएको छ ।

बैतडीमा पछिल्लो समयमा धानखेती हुने जमिन घट्दै गएको छ । पछिल्लो कृषि गणनाअनुसार बैतडीमा पाँच हजार दुई सय २५ हेक्टर जमिनमा मात्रै धानखेती हुने गरेको छ । पहिले नौ हजार हेक्टर जमिनमा धानखेती हुँदै आएको थियो ।
रासस/फाइल फोटो

वि.सं.२०८१ असार २१ शुक्रवार १२:०१ मा प्रकाशित

सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न सर्वपक्षीय प्रतिबद्धता

सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न सर्वपक्षीय प्रतिबद्धता

सुदूरपश्चिम । धार्मिक तथा साम्प्रदायिक सद्भाव, सामाजिक एकता र शान्ति...

‘ती मुख्यमन्त्री, यी किराना साहुजी !’

‘ती मुख्यमन्त्री, यी किराना साहुजी !’

सुदूरपश्चिम । ‘साहुजी, अण्डा दिनुस् न !’, कलेज पोसाकमा रहेका...

मादक पदार्थ सेवनगरी श्रीमानद्वारा श्रीमतीको हत्या

मादक पदार्थ सेवनगरी श्रीमानद्वारा श्रीमतीको हत्या

डोटी । डोटीको जोरायल गाउँपालिका–४ देउथलीमा मादक पदार्थ सेवन (मापसे)...

दार्चुलामा मध्य चमेलिया जलविद्युत् आयोजना निर्माण हुने

दार्चुलामा मध्य चमेलिया जलविद्युत् आयोजना निर्माण हुने

काठमाडौँ । सुदूरपश्चिम प्रदेशको जलविद्युत् केन्द्रका रुपमा स्थापित चमेलिया नदीमा...

सांसद खनालले धम्काए अस्पताल व्यवस्थापन समिति सदस्य थापालाई

सांसद खनालले धम्काए अस्पताल व्यवस्थापन समिति सदस्य थापालाई

कैलाली । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद केपी खनालले...

सर्पले टोकेर २९ वर्षीय युवकको मृत्यु

सर्पले टोकेर २९ वर्षीय युवकको मृत्यु

सुदूरपश्चिम । कैलालीको कैलारी गाउँपालिकामा सर्पले टोकेर एक युवकको मृत्यु...