back
CTIZAN AD

पत्रकार दर्नालको ‘राससमा दलित प्रतिनिधित्व र विषयवस्तु’ सार्वजनिक 

वि.सं.२०८१ असार २१ शुक्रवार

927 

shares
काठमाडौँ । पत्रकार सुशील दर्नालद्वारा लिखित ‘राससमा दलित प्रतिनिधित्व र विषयवस्तु’  नामक अनुसन्धानमूलक पुस्तक सार्वजनिक भएको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आज यहाँ आयोजित कार्यक्रममा पुस्तक सार्वजनिक गरेका हुन् । पुस्तकमा नेपालको संविधानले दलित समुदायका अधिकार सुनिश्चित गरिएको अवस्थामा राष्ट्रिय समाचार समिति (रासस) मा मुलुकको आर्थिक, सामाजिक, राजनीतिक र सांस्कृतिक रुपमा पछि परेको दलित समुदायको भौतिक सहभागितालाई अध्ययन गरिएको छ । राससमा सम्प्रेषण गरेका दलितसम्बन्धी समाचारलाई विश्लेषण, राससको ऐन, विनियमावली, सम्पादकीय नीति र अन्य दलितसम्बन्धी व्यवस्थालाई समेत हेरिएको छ ।
“विसं २०७५ वैशाख, जेठ र असारमा क्रमशः एक दशमलव ०३, शून्य दशमलव ७९ र शून्य दशमलव ७३ प्रतिशत दलितसम्बन्धी विषयवस्तु सम्प्रेषण भएको देखियो, तीन महिनामा सम्प्रेषित दलितसम्बन्धी जम्मा समाचार सङ्ख्यामध्ये सबैभन्दा बढी सकारात्मक विभेद तथा सुधारका प्रयाससम्बन्धी समाचार सम्प्रेषण भएको देखियो । फलोअप समाचार कम देखियो”, पुस्तकमा भनिएको छ । राससको कूल दरबन्दीमा दलित समुदायको सहभागिताबारे पनि उल्लेख गरिएको छ । जसमा राससको कूल दरबन्दीमा एक दशमलव ८६ प्रतिशत मात्रै दलित समुदायको प्रतिनिधित्व छ ।
राससले दलित र समाजमा पछि परेका समुदायको समाचार सम्प्रेषणका लागि ठोस नीति तय गर्नुपर्ने पुस्तकमा औँल्याइएको छ ।

वि.सं.२०८१ असार २१ शुक्रवार १७:११ मा प्रकाशित

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

काठमाडौँ । वर्तामान समयमा नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ...

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

काठमाडौँँ । महालेखापरीक्षकको प्रतिवेदनले नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास...

रसुवागढी भन्सार कार्यालयद्वारा १३ अर्ब ६४ करोड ६० लाख राजस्व सङ्कलन

रसुवागढी भन्सार कार्यालयद्वारा १३ अर्ब ६४ करोड ६० लाख राजस्व सङ्कलन

काठमाडौँ । रसुवा भन्सार कार्यालयले गत आर्थिक वर्ष २०८२/८३ मा...

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वाणिज्य बैंकका सिइओहरुसँग छलफल गर्दै

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वाणिज्य बैंकका सिइओहरुसँग छलफल गर्दै

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज देशका २० वटा...

डिजिटल वित्तीय अनुशासन पालना गर्न राष्ट्र बैंकको अपिल

डिजिटल वित्तीय अनुशासन पालना गर्न राष्ट्र बैंकको अपिल

काठमाडौं । नेपाल राष्ट्र बैंकले डिजिटल बैंकिङ सेवाको प्रयोगसँगै बढ्दै...