back
CTIZAN AD

सूर्योदय वोमी लघुवित्तको एफपीओमा आजदेखि आवेदन दिन सकिने

वि.सं.२०८१ साउन ४ शुक्रवार

1.6K 

shares

काठमाडौँ । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले आजदेखि एफपीओ अर्थात थप सार्वजनिक निष्काशने निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले ४६ लाख ७२ हजार ९५४ रुपैयाँ ५० पैसा रकम बराबरको ४६ हजार ७२९ दशमलव ५४५० कित्ता एफपीओ शेयर निष्काशन गरेको हो ।

साविक सूर्याेदय र वोमी लघुवित्त मर्ज भई बनेको सूर्याेदय वोमी लघुवित्त भएको हो । हाल लघुवित्तको चुक्ता पूँजी ९१ करोड ७ लाख ८२ हजार ५०८ रुपैयाँ ५० पैसा रहेको छ । एफपीओ निष्काशनपश्चात लघुवित्तको चुक्ता पूँजी ९१ करोड ५४ लाख ५५ हजार ४६३ रुपैयाँ पुग्नेछ। जसमा संस्थाप शेयरधनीहरुको हिस्सा ७० प्रतिशत अर्थात ६४ करोड ८ लाख १८ हजार ९४३ रुपैयाँ रहनेछ भने सर्वसाधारण शेयरधनीहरुको हिस्सा ३० प्रतिशत अर्थात २७ करोड ४६ लाख ३६ हजार ५२० रुपयाँ रहनेछ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका दरले एफपीओ निष्काशन गरेको हो । यसमा खरीदकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा एक हजार कित्ता शेयरको माग सहित आवेदन दिन पाउनेछन् । एफपीओ निष्काशन छिटोमा साउन ८ गते र ढिलोमा साउन १८ गते बन्द हुनेछ ।

लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

 

वि.सं.२०८१ साउन ४ शुक्रवार ११:१७ मा प्रकाशित

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पछिल्ला १० दिनमा...

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापन नेप्से परिसूचक आज...

नेप्सेको नयाँ सीईओका लागि आवेदन खुला, योग्यता र अनुभव कति चाहिन्छ ?

नेप्सेको नयाँ सीईओका लागि आवेदन खुला, योग्यता र अनुभव कति चाहिन्छ ?

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले नयाँ प्रमुख...

नेपाल राष्ट्र बैंकद्वारा ’नेपाल ई बिज म्यानेजमेन्ट’ को अनुमतिपत्र स्वतः रद्द

नेपाल राष्ट्र बैंकद्वारा ’नेपाल ई बिज म्यानेजमेन्ट’ को अनुमतिपत्र स्वतः रद्द

काठमाडौँ । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक संस्था ’नेपाल...

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

काठमाडौँ ।  धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...