टंक राजबंशी, इटहरी,सुनसरी
कालो, निलो आकाशको रंगहररूले
रङ्गिरहेका छन् मौन तस्विरहरू
धमिलो,चम्किलो घुलित पदार्थ पोतिरहेका छन्,
मौन तस्विरहरु पोस्टरमा
कोरिएर होस या त लछारपछारले कुंजिएर सजिरहेका छन्।
यी मौन तस्विरहरू पोस्टरमा होस् या त शहरबजारको
सटर–सटरमा ताँसिएर बोलिरहेका छन् ती मौन तस्विरहरू !!
कहिलेकाहीं आफैं आफ्नै खुशियालीमा
हराइरहन्छन् ती मौन तस्विरहरू
कहिले कोलाहलमा खुशियाली खोसिंदा
स्तब्ध रोइदिन्छन् ती मौन तस्विरहरू
मुख नखोली बोलिरहेका हुन्छन् ती
मौन तस्विरहरू
मान्छेको पर्दा बाहिर र पर्दाभित्रको परिमार्जनसँगै
कुराकानी गरिरहेका हुन्छन् मौन तस्विरहरू !!
पत्रपत्रिकाहरूमा पल्टिरहेका छन् ती
मौन तस्विरहरू
पुस्तकको ठेलीमा कोचिएर ठाउँ–ठाउँमा
उचालिदै पछारिदै भ्रमण गरिरहेका छन्,
ती मौन तस्विरहरू
अक्षरहरू बनेर कविता काव्यहरूमा,
बोलिरहेका छन्, ती मौन तस्विरहरू
शब्द–शब्द मिलाई रचनाको व्यञ्जनमा
बोलिरहेका छन् ती मौन तस्विरहरू !!
आफ्नो स्वार्थ भन्दा माथि उठेर।
अरुकै निम्ति छापिरहेका छन् धेरै मौन तस्विरहरू
कसलाई कस्तो तस्विर चाहियो,
आ–आफ्नो स्वार्थ पूर्तिका लागि छापिरहेका छन्
मौन तस्विरहरू
राम्रो दृश्यमा होस् या त नराम्रो दृश्यमा
अनगिन्ती रुपमा छापिरहेका छन्
मौन तस्विरहरू
मान्छेको आँखासँग बोलिरहेका छन् ती
मौन आवाज रूपी मीन तस्विरहरू !!
वि.सं.२०८१ साउन ५ शनिवार ०७:२३ मा प्रकाशित






























