स्पन्दन विनोद,भक्तपुर, हाल – युके
देशमा घात गर्ने व्यक्तिको के कमी छ
द्रव्य बर्सात गर्ने व्यक्तिको के कमी छ
घाउ मनमा छ धेरै अंग उपचार गर्छन्
चोट निर्घात गर्ने व्यक्तिको के कमी छ
भिन्न महिला र पुरुष हुन्छ मेरो धरामा
जातमा जात गर्ने व्यक्तिको के कमी छ
देख्छु श्रीपेच बेगर आज राजाहरू छन्
काण्ड उत्पात गर्ने व्यक्तिको के कमी छ
भ्रष्टको पो नसुक्ला प्रेमको सुक्छ खोला
हातमा हात गर्ने व्यक्तिको के कमी छ
बहर : अमिक
अर्कान : फाइलुन् ,फाइलातुन् , फाइलुन् , फाइलातुन्
वजन : २१२, २१२२, २१२, २१२२
वि.सं.२०८१ साउन ५ शनिवार ०७:२४ मा प्रकाशित






























