back
CTIZAN AD

बागमतीको मुख्यमन्त्रीमा बहादुरसिंह लामाको दाबी पेश

वि.सं.२०८१ साउन ८ मंगलवार

951 

shares

हेटौंडा । बागमती प्रदेशको मुख्यमन्त्रीमा नेपाली काँग्रेसका बहादुरसिंह लामाले दाबी पेस गरेका छन् । लामाले मङ्गलवार प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष मुख्यमन्त्रीका लागि दाबी पेस गरेका हुन् । लामालाई काँग्रेसका ३७ र एमालेका २७ गरी ६४ सांसदको समर्थन गरेका छन् ।

प्रदेश प्रमुख शर्माले मङ्गलवार साँझ पाँच बजेभित्र संविधानको धारा १६८ (२) अनुसार बहुमतको सरकार गठनका लागि आइतबार आह्वान गरेका थिए ।

मङ्गलवार साँझ  पाँच बजेपछि प्रदेश प्रमुख शर्माले लामालाई मुख्यमन्त्रीमा नियुक्त गर्ने तयारी छ । नुवाकोटका लामा पहिलो पटक मुख्यमन्त्री बन्दै छन् ।

काँग्रेसले मुख्यमन्त्रीसहित ७ र एमालेले आर्थिक मामिला तथा योजना मन्त्रालयसहित छ वटा मन्त्रालय लिने सहमति भएको छ ।

बाग्मतीमा एक सय १० जना सांसद छन् । सरकार गठनका लागि ५६ सांसदको समर्थन आवश्यक पर्छ । काँग्रेस र एमालेसँग ६४ सांसद छन् । प्रदेश सभामा नेकपा माओवादी केन्द्रको २१, राप्रपाको १२ (सभामुख बाहेक), नेकपा (एकीकृत समाजवादी) को सात, नेमकिपाको तीन र हाम्रो नेपाली पार्टीको दुई सांसद छन् ।

वि.सं.२०८१ साउन ८ मंगलवार १३:१८ मा प्रकाशित

राष्ट्र बैंक ऐनमा डिजिटल करेन्सी समेटिँदै, क्रिप्टोले पाएन स्थान

राष्ट्र बैंक ऐनमा डिजिटल करेन्सी समेटिँदै, क्रिप्टोले पाएन स्थान

काठमाडौँ । नेपाल राष्ट्र बैङ्क ऐन, २०५८ संशोधन विधेयकमा ‘डिजिटल...

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

पोखरा । गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेती...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ

परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ

काठमाडौं । परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ परेका छन्।...

बससँग ठाेक्किँदा सडक विभागको कार सुनकोशीमा खस्यो, तीन जना बेपत्ता

बससँग ठाेक्किँदा सडक विभागको कार सुनकोशीमा खस्यो, तीन जना बेपत्ता

काठमाडौँ। सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरस्थित मध्यपहाडी लोकमार्गमा बस र सडक...