back
CTIZAN AD

बेलायतमा महिला विरुद्धको हिंसा ‘राष्ट्रिय आपतकाल’

वि.सं.२०८१ साउन ८ मंगलवार

1K 

shares

लण्डन । इङ्गल्यान्ड र वेल्समा दैनिक लगभग तीन हजार महिला हिंसाका अपराधहरू दर्ता भएसँगै यो एक “राष्ट्रिय आपतकाल” भएको मङ्गलबार प्रकाशित गरेको नयाँ प्रतिवेदनमार्फत प्रहरीले जनाएको छ ।

दुई कानून प्रवर्तन निकायद्वारा गरिएको अध्ययनले प्रत्येक वर्ष १२ जना महिलामध्ये कम्तिमा एक जना महिला हिंसाको सिकार हुने अनुमान गरेको छ ।

“महिला र बालिका विरुद्धको हिंसा राष्ट्रिय आपतकाल हो”, वरिष्ठ प्रहरी प्रमुख म्यागी ब्लिथले प्रतिवेदनसँगको टिप्पणीमा भने ।

सन् २०२२ देखि २०२३ सम्ममा महिला र बालिका विरुद्ध दश लाखभन्दा बढी हिंसात्मक अपराध प्रहरीमा दर्ता भएको अध्ययनले जनाएको छ ।

प्रतिवेदनले सन् २०१८–२०१९ देखी गत वर्षसम्म महिला र बालिका विरुद्धको हिंसामा ३७ प्रतिशतले वृद्धि भएको जनाएको छ ।

सन् २०१३ देखी सन् २०२२ को बीचमा बाल यौन दुर्व्यवहार र शोषणका अपराधहरू ४३५ प्रतिशतले बढेको प्रतिवेदनले जनाएको छ ।

प्रतिवेदनले ८५ प्रतिशत हिंसा र उत्पीडन अनलाइनसँग सम्बन्धित रहेको बताएको छ ।

बेलायतको आन्तरिक मामिला मन्त्रालयले गत वर्ष फेब्रुअरीमा महिला र बालिका विरुद्धको हिंसालाई सार्वजनिक सुरक्षाका लागि राष्ट्रिय खतरा घोषणा गरेको थियो ।

गत वर्ष ४ हजार ५०० भन्दा बढी नयाँ अधिकारीहरूलाई बलात्कार र गम्भीर यौन अपराधहरूको अनुसन्धान गर्न प्रशिक्षण दिइएको थियो ।

सन् २०२२ डिसेम्बर को अन्त्यदेखि २०२३ डिसेम्बरको अन्त्यसम्म वयस्क बलात्कारको आरोपमा ३८ प्रतिशतले वृद्धि भएको प्रतिवेदनले जनाएको छ । (रासस ÷ एएफपी)

 

वि.सं.२०८१ साउन ८ मंगलवार २१:५२ मा प्रकाशित

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डाको सेनाले सन् १९७६ मा एन्टेबे विमानस्थलमा गरिएको ऐतिहासिक बन्धक...

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग छिट्टै कूटनीतिक सम्झौता...

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

बोगोटा । पेरुको नाज्का सहरनजिक शनिबार युरोपेली पर्यटक बोकेको एउटा...

इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

वासिङ्टन । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वका सहयोगी...

गाजामा रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु

गाजामा रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु

गाजा सहर । युद्ध अन्त्य गर्ने सम्भावित सम्झौतामा हमासले सहमति...

स्पेन–मोरक्को सीमामा गम्भीर संकट

स्पेन–मोरक्को सीमामा गम्भीर संकट

म्याड्रिड । स्पेनको उत्तर अफ्रिकास्थित स्वायत्त सहर स्यूटामा दुई दिनको...