back
CTIZAN AD

लघुकथाः अन्ध दौड

वि.सं.२०८१ साउन १२ शनिवार

2.3K 

shares

मनीषकुमार शर्मा ‘समित’, मध्यपुर ठिमी, भक्तपुर

शरीरका अङ्गप्रत्याङ्ग सबै दौडमा थिए । अरू प्रतिस्पर्धिलाई जित्न नदिन मस्तिष्कले नेतृत्व गर्दै जित्ने उपाय सोच्यो र सबैलाई कोर्रा लगायो ।

आदेश बमोजिम खुट्टा बेजोडले कुद्यो । उसको कुदाइमा हातले पनि साथ दियो । अवरोध छल्न आँखाले डोर्यायो । निकै सकसपछि गन्तव्यमा पुगे ।

उपरखुट्टी लगाउँदै खुट्टाले भन्यो – ‘यो जित मेरो हो ।’

आँखा पनि के कम, उसले चुनौति दिँदै भन्यो – ‘भो, धेरै खोक्नु पर्दैन । म नभएको भए तिम्रो पाइला पनि सर्दैनथ्यो ।’

उता हातले पनि थपि हाल्यो – ‘मैले पनि थकाईको बेला मालिस नगरेको भए तिमी पहिले नै पक्षाघात हुन्थ्यौ ।’

हारजीतको मामलामा सबै अङ्गप्रत्याङ्गबिच चर्काचर्की पर्न थाल्यो । यो देखेर आजित मस्तिष्कले एकपटक विगत फर्किएर हेर्यो र सोच्न थाल्यो – ‘यी सारा दौडहरू केका लागि थिए ?’

वि.सं.२०८१ साउन १२ शनिवार ०८:२१ मा प्रकाशित

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

स्याङ्जा, वालिङ । युवा लेखकद्वय जी.बी. राना र सावित्रा थापाको...

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...