back
CTIZAN AD

कविता : असल कामको खोजमा छु म

वि.सं.२०८१ साउन १२ शनिवार

1K 

shares

दल शाही ठकुरी, हुम्ला, कर्णाली

अधिक ढाँटियो सत्य सज्जन
तरु चढी अरूका लुट्यौँ फल
सबजना सँगी साथमा गयौँ
दिन कहाँ सधैँ रातमा गयौँ

।।१।।

नजिक जे मिले तोडिए सबै
अब स्वभाव त्यो छोडियो सबै
अब उमेर पाको भयो कठै

अधिक आउँछन् सम्झना अझैँ

।।२।।

अब सकेँ भने धर्म गर्नु छ
कठिन कामको युद्घ जित्नु छ
शिखरमाथिको पुग्छु टाकुरा
अब भने बजार्ने छु पाखुरा

।।३।।

गलत काम छोड्दै छु आज म
विगत सम्झिँदा मान्छु लाज म
जति भयो म अन्जानमा भयो
अब कदापि गर्दैन काम त्यो

।।४।।

असल कामको खोजमा छु म
बदलिने स्वयम् सोचमा छु म
जति गरेँ गरेँ स्वार्थका कुरा
अब भने बजार्ने छु पाखुरा

।।५।।

छन्द : इन्दिरा
गण : न र र ल गु
सङ्केत :lll  SlS SlS l S

वि.सं.२०८१ साउन १२ शनिवार ०८:२४ मा प्रकाशित

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...

गजल

गजल

अनुराग अरुण, लुभु, ललितपुर जसमा निकै आत्मीय प्यार हुन्छ हरपल...

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा तिम्रो मौनताको के नै नाम...