back
CTIZAN AD

लघुकथा : प्रविधि

वि.सं.२०८१ साउन १२ शनिवार

1.9K 

shares

इन्दिरा चापागाईं, सूर्यविनायक, भक्तपुर

भर्खर जन्मेको बच्चा च्यापेर मुसुक्क हाँस्दै उसकी बुढी टुप्लुक्क दैलोमा आइपुगी ।

आफ्नी बुढीले डाक्टरसँग खुसामती गरेको उसले धेरैपटक देखेको थियो । त्यसैले अहिले उसले च्यापेको सन्तानलाई हेर्न पनि सकेन । ऊ सन्तान जन्माउँन असक्षम भएको रिपोर्ट आएपछि समाजले बुढीलाई बाँझी उपनाम दिएको थियो । त्यसपछि दम्पतीबिच दुरी बढेको थियो ।

‘कसको सन्तान लिएर आइस् ?’, रिसले चूर हुँदै पतिले भन्यो ।

‘होइन कुन जमाना छौ हो तिमी ? हाम्रै हो शंका नगर न बुढा, बरु सन्तान पाइयो भनेर खुसी होऊ ।’, पत्नीले उज्यालो अनुहार पार्दै भनी ।

‘कसरी हाम्रो हुन्छ ? कसको हो त्यहीसँग जा । यहाँ भित्र पस्न पाउँदिनस् ।’, उसको रिसको पारो सगरमाथा पुग्यो ।

‘नेपालमा पहिलो पटक निःशुल्क परीक्षण प्रयोग गरेका हौँ । तपाईँलाई बधाई छ ।’, ऊ सँगै आएका डाक्टरले भने ।

ऊ डाक्टरमाथि जाइलाग्यो । बुढिले छेक्दै भन्छिन् , ‘मेरो शरिरको कुनै सामान्य कोष (somatic cell) को न्युक्लियस मात्र प्रयोग गरेर क्लोनिङ प्रविधिबाट जन्माइएको हो यो छोरी ।’ , बोल्दा बोल्दै ऊ झल्याँस्स व्युझिई ।

वि.सं.२०८१ साउन १२ शनिवार ०८:२६ मा प्रकाशित

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...

गजल

गजल

अनुराग अरुण, लुभु, ललितपुर जसमा निकै आत्मीय प्यार हुन्छ हरपल...

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा तिम्रो मौनताको के नै नाम...