back
CTIZAN AD

कविता : पाठकमन

वि.सं.२०८१ साउन १२ शनिवार

1.5K 

shares

दीनानाथ पोख्रेल, सुम्बौक, इलाम

नवमार्ग चुनी युगज्ञान दिने ।
फल स्वच्छ दिई बहभार लिने ।।
नरकर्म कृतालय भव्य दिने ।
रच काव्य सुधा उर शक्ति दिने ।।०१।।

जनजीवन दर्द डुलेर धुने ।
अनि सार रहोस् श्रमशील हुने ।।
मन मन्दिरतुल्य छ प्रस्ट बुझोस् ।
हृदि झङ्कृत चाल विशाल खुलोस् ।।०२।।

गुण सञ्चय गर्न समर्थ बनोस् ।
श्रम आर्जित वस्तु खुलेर गनोस्।।
जनचक्षु खुलून् हित टिप्न बढून् ।
शुभकर्म खुलून् मनप्रेम गढून् ।।०३।।

जन पढ्दछ जो निज शक्ति चिनोस् ।
धन लोभ गरी परको नछिनोस् ।।
उर फुल्न सकोस् मनमोद भरोस् ।
सब विश्व झुकीकन फूल छरोस् ।।०४।।

मन अल्मल दूर गरेर उठूँ ।
कविका युगकाव्य समात्न जुटूँ ।।
भय दूर हुने युगज्ञान दिने ।
रच काव्य उठीकन चेत छुने ।।०५।।

यति पाठक माग छ वक्ष भर ।
कवि काव्य रची मृदु ज्ञान छर ।।
जब पढ्दछ पाठक भाव बुझोस् ।
मन कल्मषता सब दूर गरोस् ।।०६।।

कवि काव्यकला मनका विमला ।
जति पान ग¥यो त्यति चेत भला ।।
मनमाग सही यति पाठकका ।
रच काव्य सुधा पथ हुन् भवका ।।०७।।

छन्द : तोटक
गण : स स स स
सङ्केत : IIS   IIS  IIS  IIS

वि.सं.२०८१ साउन १२ शनिवार ०८:३० मा प्रकाशित

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...

गजल

गजल

अनुराग अरुण, लुभु, ललितपुर जसमा निकै आत्मीय प्यार हुन्छ हरपल...

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा तिम्रो मौनताको के नै नाम...