back
CTIZAN AD

मुक्तक

वि.सं.२०८१ साउन १२ शनिवार

1.3K 

shares

सानू शर्मा, वाफल, काठमाडौं

१.
आपतमा पनि खल्ती भर्न जान्नेको देशमा छु म
जनतालाई मुठ्ठीको माखा ठान्नेको देशमा छु म
कालोलाई सेतो भनी नभन्नु होला हजुर
हो मा हो मिलाउदै सेतो नै मान्नेको देशमा छु म।

२.
मन कति बेला हाँस्छ कति बेला रुन्छ थाहा हुन्न
यो जिन्दगीमा कहाँ कति बेला के हुन्छ थाहा हुन्न
पन्चतत्वले बनेको शरीर न हो हजुर हाम्रो
कति बेला कुन मोडमा मृत्युले छुन्छ थाहा हुन्न ।

३.
सबैको मनमा बस्नु कसैको खुसी नहर्नु तिमीले
बैँस र सम्पतिमा कहिल्यै घमन्ड नगर्नु तिमीले
हृदयमा प्रेम भरियोस् श्रद्बाले शिर झुकोस् सधैँ
दुइदिने चोलामा सत्य अँगाली अघि सर्नु तिमीले ।

४.
सदा मुस्कुराएर जिन्दगीको दीप बाल्ने गरौँ
अन्धकार हटाई ज्ञानको उज्यालो तिर सरौँ
धेरै स्वार्थी भएका छन् आजकालका मान्छेहरू
त्यसैले कसैको भर नपरी सकेको दुःख आफै गरौं ।

५.
सर्पहरूमा विष र मान्छेहरुमा इख हुनुपर्छ भन्छन्
बैगुनीलाई गुन लगाई उसको मन छुनुपर्छ भन्छन्
हे भगवान!के गरुँ गाई गधा बराबर देख्ने सोझी म
मनको पीडा मन मिल्नेसंग पोखी धुनुपर्छ भन्छन् ।

६.
धन हुनेलाई हुन्छ धनकै खात माथी खात
धन नहुनेले खानु पर्छ लात माथी लात
पैसाले नै रहेछ मान्छेलाई ठूलो सानो बनाउने
दुःखी गरीबलाई नै लगाउछन् बात माथी बात।

७.
कोही मै हु भनी अहम् बोकी गर्छन टक्कर
रिस डाहा,घमन्ड गर्छन् अनि खान्छन् ठक्कर
मर्ने चोला हाम्रो भनि थाहा नहुने मान्छेहरू
आफै मात्रै बुद्बिमानी ठानी चलाउँछ्न चक्कर ।।

वि.सं.२०८१ साउन १२ शनिवार ०८:३५ मा प्रकाशित

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...

गजल

गजल

अनुराग अरुण, लुभु, ललितपुर जसमा निकै आत्मीय प्यार हुन्छ हरपल...

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा तिम्रो मौनताको के नै नाम...