back
CTIZAN AD

कविता : सावन

वि.सं.२०८१ साउन १२ शनिवार

1.2K 

shares

कलानिधि दाहाल, काठमाडौं

सँगै मौसममा घुम्ने मान्छेका पदचाप यी
दिलका स्पर्शले चुम्ने मान्छेका गति छाप यी ।
जता हेरौँ छ साम्राज्य सौन्दर्य सुरकी कलि
साउन वनमा रम्दा आफैँ बनिन्छ नक्कली ।१।

न चुमूँ चुमिएझैँ छु हरियो हरको हर
पुग्छु नजिक बिर्सन्छु अर्को मेरो कहाँ घर ।
घर झञ्झटका पासा छैनन् झञ्झट क्यै यता
तृष्णाका नमिठा आशा छैनन् पासा कुनै यता ।२।

न मातृमोहका तार न पितृ छेकबारका
न शिला ढोगका ढ्वाङ न दर्द वारपारका ।
निस्तव्ध र निराकार निरपेक्ष निरन्तर
समाहित छु वा छैन साउनको कला घर ।३।

नानी गिज्याउने आँखा हरियाली छुने मन
सर्वव्यापकमा गाढा अन्तराकाश साउन ।
समन्वयी भई रम्ने छुने जीवनका छत
आफूजस्तै बनुन् सारा विना छल र लत्पत ।४।

बढे ताप चुही शीत झम्झम्झम्झम झम्झम
दुष्यन्त भुल्न पुग्लान् कि शकुन्तला हुने वन।
माधुर्य मोहनी मख्ख मिठास मन मर्मर
जता हेर्यो उतै लठ्ठ छैनन् झैँ दिलका ज्वर ।५।

बसी एकान्तमा यौटा एक्लो संसार सोचमा
फूलका झुलना बुन्दै चियाऊँ तल खोँचमा ।
साक्षी अनन्त राखेर फेरूँ कि मनको मन
कृत्रिम घरको छानो जलाएर पसूँ वन ।६।

पाइलाले गरूँ यात्रा पाइला नै बनूँ पथ
जहाँ साउनको सच्चा छ एक्लै अग्लने छत ।
जहाँ हुन्नन् प्रतिस्पर्धा छल हुन्नन् जहाँ कतै
यौटै सावन आफैँमा विश्वराज जताततै ।७।

रक्षाका साथ दर्कन्छ सुरक्षित छ सिम्सिम
हरिया वनका पात परेली प्रेम झिम्झिम ।
इन्द्रेणी रङ्गमा भित्री कालो वर्षादी बाहिर
असुन्दर र सौन्दर्य हुने हो साथ आखिर ।८।

दुवैसाथ धरा खेल्ने रहस्यभित्रको घर
अनेक दृश्य छन् एक अदृश्य अझ सुन्दर ।
टक्क टक्क मृगी खेल्छन् मृग लुट्पुटका वन
घरभन्दा छ आनन्द सिर्जनामय सावन ।९।

छन्द : अनुष्टुप

वि.सं.२०८१ साउन १२ शनिवार ०८:२० मा प्रकाशित

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...

गजल

गजल

अनुराग अरुण, लुभु, ललितपुर जसमा निकै आत्मीय प्यार हुन्छ हरपल...

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा तिम्रो मौनताको के नै नाम...