back
CTIZAN AD

गजल

वि.सं.२०८१ साउन १२ शनिवार

1K 

shares

विष्णुकुमार बराइली, डुप्टिन मिरिक

भनेर आज साध्य छैन भो किनार जिन्दगी
लुकेर बस्न लाभ छैन यो विमार जिन्दगी

दुखेर मन खुबै पिरोल्छ धेर रुन्छ आतिदै
डुबेछ आँसुमा यहाँ थियो बहार जिन्दगी

रमेर सुस्तरी बिताउने प्रयासमा थिएँ
भएछ बेसुरा खुबै सधैँ हतार जिन्दगी

सयौँ थिए रहर हराउँदै गए यहाँ सबै
हुँदैछ आज सुक्न आतुरी इनार जिन्दगी

बुझेर आउँदा उजाड़ लाग्छ जिन्दगी यसै
तथापि रम्न मोजमा भयो तयार जिन्दगी

बहर : हज़ज मुसम्मन मक़्बूज़
अर्कान :मुफ़ाइलुन मुफ़ाइलुन मुफ़ाइलुन मुफ़ाइलुन
वजन : १२१२, १२१२, १२१२, १२१२
काफियाः आर
रदिफः जिन्दगी

वि.सं.२०८१ साउन १२ शनिवार ०८:१९ मा प्रकाशित

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...

गजल

गजल

अनुराग अरुण, लुभु, ललितपुर जसमा निकै आत्मीय प्यार हुन्छ हरपल...

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा तिम्रो मौनताको के नै नाम...