back
CTIZAN AD

गजल

वि.सं.२०८१ साउन १२ शनिवार

1.2K 

shares

बि के मुखिया
सिग्रीमताम बस्ती, दार्जीलिङ

तारा झरेर सारा जगमग सहरहरू छन्
अग्ला हिमाल छेक्दै बग्रेल घरहरू छन्

सीमा छ तारबन्दी पाले कुरेर ढोका
रोटी तलास गर्दै कैयौँ नजरहरू छन्

केवल छ एक सपना बन्ने म शक्तिशाली
निर्धो पिएर पानी बाँच्ने खबरहरू छन्

नाङ्गो छ देश हाम्रो बाङ्गो छ धूर्त नेता
पानी बिना अनेकौँ प्यासी अधरहरू छन्

अलमल परेर यात्री गन्तव्य खोज्न थाले
बाटो निकै छ हिड्ने लामा सफरहरु छन्

बहर : मुजारे अखरब
वजन : २२१, २१२२, २२१, २१२२
अर्कान : मफ़ऊल फ़ाइलातुन मफ़ऊल फ़ाइलातुन
काफियाः अर
रदिफ : हरू छन्
अभ्यास : ज्ञानकुञ्ज गजल पाठशाला
विनेसाम, भारत शाखा

वि.सं.२०८१ साउन १२ शनिवार ०८:१५ मा प्रकाशित

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...

गजल

गजल

अनुराग अरुण, लुभु, ललितपुर जसमा निकै आत्मीय प्यार हुन्छ हरपल...

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा तिम्रो मौनताको के नै नाम...