बिदुर दाहाल, काठमाडौं
मायामा कुनै बार बन्देज हुदैन । मायामा कुनै घृणा र बद्ला हुदैन। पबित्र मायाले जात – धर्म ,धनी–गरिब वा यस्तै खाले अरु अबरोधहरुलाई नाग्छन ! छिचोल्छन ! त्यसैले भनिन्छ, युद्ध र प्रेममा कुनै नियमहरुले काम गर्दैनन । सबै फिक्का हुन्छन् ।
जीवनसगै जीउने र सगै मर्ने कसम थियो ! आधा दशक समय रमाउदै र ठूस्स पर्दै बिते ! रिसाउदा पनि माया मिसिएको हुन्थ्यो ! खुसाउदाको त कुरै भएन ! आकाशको तारा झार्थ्यौ दुबैले। मिठा मिठा कल्पनामा दिन बित्थे । घण्टौको समय मिनेट झै लाग्थ्यो !
रिसाउने कारण पनि अचम्मका हुन्थे ! कहिले काहीँ त हप्ता दिनसम्म नबोल्ने ! कसले पहिला बोलाउने र कसले पहिला फोन गरेर फकाउनेमा प्रतिस्पर्धा हुन्थ्यो । कहिले उनले माफी माग्थिन् । कहिले म ! दुबै जना सम्झौता गर्थौ ! अब कहिल्यै यसो नगर्ने भनेर ! तर त्यो सम्झौता केही दिनमा भत्किन्थ्यो । रिसाउने कारण सम्झदा अनैठो लाग्छ अहिले ! किन फोन नगरेको ? किन धेर पिरो खाएको ? यस्तै यस्तै‘.!!
समयले नेटो काटेको पत्तो भएन । क्याम्पस पढ्ने बेलासम्म घरबाट पैसा आउथ्यो । जीवन अरुको भरमा चल्यो । बिस्तारै भबिष्यले पोल्न थाल्यो । आफ्नै खुट्टामा अभिनु पर्छ भन्ने लाग्यो । देशमै गरिखान सक्ने ठानिन मैले । लोकसेवा पढ्ने आट आएन ! दुबै जनाले कोरिया जाने भाषा परीक्षा दियौ । दुबैको नाम निस्केन ! असफल भयौ । नरमाइलो लाग्यो । दुबैजना खुब रुयौ । आगोले पोलेको घाउलाई आगोले नै सेकाउनु पर्छ भन्ने लाग्यो । विद्यार्थी भिसामा उनलाई छोडेर कोरिया गए । कलेज पढ्दै रेष्टुरेन्टमा काम गर्न थाले म ।
ऊनीसग मिठा–मिठा कुरा हुन्थे अनलाईमा ! उनी पनि सानो तिनो प्राईभेट कम्पनीमा काम गर्थिन काठमाडौमा । केही खर्च कोरियाबाट पठाउथे म ! उनलाई भर थेग हुन्थ्यो । पैसा कमाएर कोरियाबाट छिटै फर्केर घरजम गर्ने बाचा थियो हाम्रो ।
एक दिन अकस्मात एकजना युवती रेष्टुरेन्टमा आईन् र रक्सी मागिन् । कोरियाको सामान्य नियम थाहा थियो तर रक्सी सम्बन्धि नियम थाहा थिएन मलाई । उमेर सोध्ने याद पनि आएन ! रक्सी दिए मैले । कोरियाको कानुन अनुसार केटाकेटीलाई रक्सी दिएको अभियोगमा पुलिसले पक्रीयो मलाई । नेपालमा जस्तो सामान्य कानुन रहेनछ कोरियामा । जेल परे म । अदालतले दोषी ठहर गर्यो मलाई ।
पक्रना साथ मेरो मोबाइल खोसियो । सम्पर्क बिहिन भए म सबैसँग ! कति तड्पिन होला मेरी उनी ! कल्पना गरेर जेलमा बसे ! कुनै उपाय भएन मसँग ! घर परिवार, साथी संगति सबैसग सम्पर्क टुट्यो । सोचे, मेरो जीवन अब नरक हुने भो !
५ बर्षपछि जेलबाट छुटे म । कोरियाको कानुन देखेर अचम्म लाग्यो । अनि नेपालको कानुन र त्यसको कार्यान्वयन सम्झिए । मानिसलाई मारेर ! भ्रष्टाचार गरेर ! बेईमानी गरेर शिर ठाडो बनाई हिडेकाहरुलाई झल्झलि सम्झे ! के गर्ने ? कसो गर्ने ? कुनै योजना थिएन । पैसा बिहिन थिए म । अरुलाई सम्पर्क गर्ने नामो निशाना थिएन मसग ! जेल पर्नु अगाबै पुलिसले प्रक्रीदा सबै कुरा खोसेका थिए । पछि पनि दिएनन् ।
जेलबाट छुटेपछी कोरियाको सरकारले दुई बर्ष काम गर्न अनुमती दियो । राहात महसुस गरे । दुई बर्ष काम गरे । केही पैसा कमाए । सात बर्ष्पछि नेपाल फर्किए । खवर गर्ने माध्यम थिएन । सिङ्गो ज्यान र केही पैसा मात्र थियो मसग । ५ बर्ष जेल बस्दा सबै नम्बरहरु बिर्सिएको थिए । लेख्ने कागज सम्म दिइएन मलाई । अरु त कुरै छोडौ ।
एयरपोर्टबाट सिधै मेरि मायाको कोठामा पुगे।पुग्दा उनी थिईनन । बर्षौ अगाडि कोठा सरेको र अरु थप थाहा नभएको बताईन् । घर बेटि आमाले । सोही दिन म मेरो गाउँ गए । सबै जना रोए । आश्चर्य माने । माया मारेको मान्छे देखेर सबैले अंगालो हाले । कथा र व्यथा सबै सुनाए ।
सबै कुरा सिमालाई बताए । सिमा अझै बिश्वस्त हुन सकिनन । मैले, दोष तिम्रो होइन ! दोष मेरो पनि होइन । दोष राज्यको हो ! राज्यले नागरिकलाई देशमा टिकाएन ! दोष परिस्थितिको हो भनेर बिश्वास दिलाए । बिगतकै जस्तो निश्चल र अटुट माया दिने कुरा दोहोर्याए । फेरि पनि सिमाले आफू बिधुवा भएको र भबिष्यमा कहि कतैबाट अरुले मेरो कुरा थाहा पाए र तिमिलाई पश्चाताप भयो भने आत्मा हत्याभन्दा अरु उपाय नहुने बताईन् । अटुट र अबिरल माया दिने कुरा दोहोर्याए ।तेहेर्याई ।
मन बेचैन थियो । मेरी उनी कहाँ छिन होला ? कस्तो अबस्थामा होलिन ? मनमा अनेकन कुरा खेले । मन मानेन ! उनको पहाड घरको ठेगाना याद थियो मलाई । केही दिनको घर बसाईपछि उनको पहाड घरतिर लागे म । सोधिखोजी गर्दा घर पत्ता लाग्यो । म उनको घर पुगे!कोहो भनेर सोधे । मैले उनको पुरानो साथी भने ।
हे भगवान के अचम्म ! उनलाई सेतो कपडामा निरश जीवन बाचेको देखे ! अरुले चिन्ने कुरा भएन । उनले मलाई चिनिन् , मैले उनलाई चिने ! घरमा टिक्न नदिएर माईतिमै बसेकी रहिछन् । “छोरा टोकुवा“ भनेर घरबाट निकालेछ्न ! दुबैजना बेस्सरी रुयौ । केही घण्टापछि फर्किए म । हातमा केही पैसा थमाई दिए । लिन मानिनन् । जवर्जस्ती दिए । माईतिले के भने होलान ? बालै भएन मलाई ।
घरमा आए ! एक्लै कोठामा बसेर रुए ! अतितलाई खेलाए । मनमा अनेक कुरा खेले । अनेक प्रश्न आए । तर उत्तर आएन । यता परिवारमा विहेको कुरा धुमधामसग चल्न लाग्यो । आमा र बुबाले आफ्नो प्राण हुँदै नातिनातिना देखेर मर्ने धोको सुनाए । म अवाक भए ! परिवारसग नाउत्तर भए ।
सिमाले के सोचिरहेकी होलिन् ? के होला उनको योजना ? यता मेरो घरमा पटक पटक बिहेका कुरा चलेकै थिए । बर्षहरु यसैगरी बिते । सिमासग फोन र अनलाइनमा कुरा हुन्थ्यो । मैले उनलाई पहिले जति माया गर्थी; अहिले पनि त्यति नै माया गर्छु भने ! तर उनी डराईन् ! तिमिलाई थाहा छ् नि ‘म एउटा बिधुवा हुँ’ भनिन् । बिबाह लगत्तै श्रीमान दुबई गएको र सडक दुर्घटनामा मारिएको कारुणिक ब्यथा सुनाईन् । तिम्रो लागि म बर्षौ कुरे तर परिवारले मलाई टिकि खान दिएन । म बिबाह गर्न बिबश भए ! बिबाहा गरे । भगवानले त्यो पनि खोसे !! सुनाईन उनले । म धर्धरी रुए ।
पहिलेजस्तै कुराकानी हुन थाल्यो सिमासँग ! उनी एक बिधुवा म एक अविवाहित केटा ! समाजमा ठूलो ग्याप छ ! कयौ ठाउँबाट केटिका प्रस्ताव आए मलाई ! मानिन मैले । परिवार आजित भयो । एकदिन बाले सोध्नु भयो । तेरो कुनै केटि छ ? मैले टाउको हल्लाए । बालाई फोटो देखाए ! बाले तलाई मन परे म राजी छु भन्नू भो । बालाई र परिवारलाई सिमाको बिगत बताउने कुरै भएन । बताईन पनि । मेरो परिवारले उनिहरुको परिवार चिनेको पनि छैन । त्यसले मलाई राहात भयो ।
सबै कुरा सिमालाई बताए । सिमा अझै बिश्वस्त हुन सकिनन । मैले, दोष तिम्रो होइन ! दोष मेरो पनि होइन । दोष राज्यको हो ! राज्यले नागरिकलाई देशमा टिकाएन ! दोष परिस्थितिको हो भनेर बिश्वास दिलाए । बिगतकै जस्तो निश्चल र अटुट माया दिने कुरा दोहोर्याए । फेरि पनि सिमाले आफू बिधुवा भएको र भबिष्यमा कहि कतैबाट अरुले मेरो कुरा थाहा पाए र तिमिलाई पश्चाताप भयो भने आत्मा हत्याभन्दा अरु उपाय नहुने बताईन् । अटुट र अबिरल माया दिने कुरा दोहोर्याए ।तेहेर्याई ।
एक्लै उनको परिवारमा गएर सिमाको हात र साथ मागे । उनिहरुले पनि सिमाको जस्तै कुरा दोहोर्याए । बिबाहा मैले गर्ने हो अरुले होइन; प्रष्ट कुरा राखे । विश्वास दिलाए । बरु बिबाहा हाम्रा दुई परिबारको उपस्थितिमा मात्र काठमाडौको कुनै एक मन्दिरमा हुने प्रस्ताव गरे । दुबै परिवार सहमत भए । मेरो कहानी मेरो परिवारलाई र सिमालाई थाहा थियो । सिमाको कहानी मलाई र सिमाको परिवारलाई मात्र थाहा थियो । जीवनका अनेक मोड मध्ये एक मोड यसरी नै पार गर्दैछौ ! न दोष सिमाको थियो; न दोष मेरो थियो । थियो त केवल फगत परिस्थिति र समयको !
वि.सं.२०८१ साउन १२ शनिवार ०८:१० मा प्रकाशित






























