back
CTIZAN AD

टाटाले आसाममा सेमीकन्डक्टर प्लान्ट स्थापना गर्ने, २७ हजार रोजगारीको सम्भावना

वि.सं.२०८१ साउन २० आइतवार

861 

shares
नयाँदिल्ली ।  आसामको मोरिगाउँमा २७ हजार करोडको लगानीमा टाटा समूहले सेमीकन्डक्टर प्लान्टको स्थापना गर्ने भएको छ ।
सेमीकन्डक्टर उद्योग भविष्यको लागि आधारभूत आवश्यकता भएको र चिपहरू मानिसहरूले आफ्नो दैनिक जीवनमा गर्ने लगभग सबै कुराको हिस्सा हुन गइरहेको अवस्थामा टाटा समूहका अध्यक्ष एन चन्द्रशेखरनले उक्त उद्योग स्थापनाको घोषणा गरेका हुन् ।
उनले उद्योग सन् केही समयमै अर्थात् सन् २०२५ मा सुविधा सम्पन्न भई सञ्चालनमा आउने विश्वास व्यक्त गरे ।
“सेमिकन्डक्टर प्लान्ट भविष्यको लागि आधारभूत प्लान्ट हो । चिप्स हामीले हाम्रो दैनिक , औद्योगिक र उपभोक्ता जीवनमा गर्ने सबै कुराको हिस्सा हुन गइरहेको छ । यसले २७ हजार मानिसहरू १५ हजार प्रत्यक्ष रोजगारी र थप १२ हजार अप्रत्यक्ष रोजगारीहरू उत्पादन वा रोजगारी दिनछ,” अध्यक्ष चन्द्रशेखरनले थपे ।
आसामका मुख्यमन्त्री हिमन्त विश्व शर्माले यस प्लान्टमा ११ हजार देखि १३ हजार अप्रत्यक्ष रोजगारी सिजना गर्ने अपेक्षा गरिएको उल्लेख  गरे ।
यसैबीच, केन्द्रीय सूचनाप्रबिधि मन्त्री अश्विनी वैष्णवले यो प्लान्ट धेरै ठूलो हुने र प्रति दिन करिब ४.८३ करोड चिप्स उत्पादन गर्ने  बताए ।
यस प्लान्टमा प्रयोग गरिने तीनवटै प्रमुख प्रविधिहरू भारतमा विकसित भएका प्लान्टमा उत्पादित चिपहरू विद्युतीय सवारीसाधनमा प्रयोग हुने र व्यावहारिक रूपमा हरेक ठूला कम्पनीले यी चिप्स प्रयोग गर्ने उनले उल्लेख गरे । (रासस÷एएनआई)

वि.सं.२०८१ साउन २० आइतवार ०८:१४ मा प्रकाशित

सिटी एक्सप्रेसमार्फत नेपाल पैसा पठाउँदा सेवा शुल्क नलाग्ने

सिटी एक्सप्रेसमार्फत नेपाल पैसा पठाउँदा सेवा शुल्क नलाग्ने

काठमाडौं । सिटी एक्सप्रेसमार्फत विश्वका विभिन्न मुलुकबाट नेपाल पैसा पठाउँदा...

पेरिसनजिक थिम पार्क बनाउन फ्रान्स र साउदी अरबबीच सहमति

पेरिसनजिक थिम पार्क बनाउन फ्रान्स र साउदी अरबबीच सहमति

पेरिस । फ्रान्स र साउदी अरबले पेरिसनजिकै ६ अर्ब युरो...

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

पछिल्लो समय युवाहरू खर्च घटाउने तत्कालीन उपायभन्दा भविष्यमा उपयोगी हुने...

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

इस्लामाबाद । पाकिस्तानको दक्षिण–पश्चिमी बलुचिस्तान प्रान्तमा शनिबार सुरक्षाकर्मीको टोलीलाई लक्षित...

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

किएभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण जारी रहेका...

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

(बेइजिङ, रोयटर्स) । चीनको बेइजिङमा आयोजित विश्व ह्युमनोइड रोबोट खेलकुद...