back
CTIZAN AD

चीनद्वारा घरेलु खपत बढाउने उद्देश्यले निर्देशनहरूको सूची जारी 

वि.सं.२०८१ साउन २१ सोमवार

945 

shares
बेइजिङ । चीनले घरेलु खपत बढाउने उद्देश्यले निर्देशनहरूको सूची जारी गरेको छ । विश्वको दोस्रो ठूलो अर्थतन्त्रमा न्यून घरेलु खपतले विकासलाई कमजोर बनाएको छ । सूचीमा बालबालिका र वृद्धहरूको हेरचाह तथा खाद्यान्न र पेय पदार्थलगायतका क्षेत्रलाई लक्षित गरिएको छ ।
सत्तारूढ कम्युनिष्ट पार्टीका शीर्ष अधिकारीहरूको भेलापछि राष्ट्रपति सी जिनपिङलगायतका नेताहरूले गत महिना घरेलु खपत बढाउन र चीनको कमजोर रियल स्टेट क्षेत्रमा दबाब कम गर्न सहयोग गर्ने वाचा गरेका थिए ।
चीनको मन्त्रिपरिषद् अर्थात स्टेट काउन्सिलले शनिबार साँझ आफ्नो वेबसाइटमा २० वटा सामान्य निर्देशनहरूको सूची प्रकाशित गरेको थियो ।
प्रस्तावित बजेट समावेश नभएको योजनाले अधिकारीहरूलाई ‘वृद्धहरूका लागि हेरचाह सेवाहरूको आपूर्ति बढाउन’ आग्रह गरेको छ । शिक्षाको उच्च लागत र सामाजिक लाभहरूको अभावका कारण थोरै युवाहरूले बच्चा जन्माउने विकल्प छनोट गर्ने भएकाले योजनाले बालबालिका हेरचाह सेवाहरूको विकासको पनि आह्वान गरेको छ । दस्तावेजअनुसार तीन वर्षभन्दा मुनिका बालबालिका र ज्येष्ठ नागरिकहरूको हेरचाहको लागतलाई पनि आयकरमा कटौतीको योजना बनाइएको छ ।
बेइजिङले सेवा क्षेत्रमा विशेषगरी बैंकहरूबाट योग्य साना व्यवसायहरूले ठूलो आर्थिक सहायताबाट लाभ हासिल गर्न सक्ने कुरा सुनिश्चित गर्ने वाचा गरेको छ ।
गत महिना प्रकाशित आधिकारिक तथ्याङ्कअनुसार चीनले यस वर्ष ‘करिब पाँच प्रतिशत’ कूल गार्हस्थ्य उत्पादन (जिडिपी) वृद्धिको लक्ष्य राखेको छ । यद्यपि दोस्रो त्रैमासिकमा उसको वृद्धि वार्षिक आधारमा द्रुतरूपमा घटेर चार दशमलव सात प्रतिशत भएको छ ।
रियल स्टेटमा लामो समयदेखि जारी ऋण सङ्कटले जिडिपी वृद्धि प्रभावित भएको छ । रियल स्टेट क्षेत्र जिडिपीको एक चौथाई हिस्सा हो । (रासस/एएफपी)

वि.सं.२०८१ साउन २१ सोमवार १०:२३ मा प्रकाशित

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डाको सेनाले सन् १९७६ मा एन्टेबे विमानस्थलमा गरिएको ऐतिहासिक बन्धक...

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग छिट्टै कूटनीतिक सम्झौता...

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

बोगोटा । पेरुको नाज्का सहरनजिक शनिबार युरोपेली पर्यटक बोकेको एउटा...

इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

वासिङ्टन । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वका सहयोगी...

गाजामा रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु

गाजामा रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु

गाजा सहर । युद्ध अन्त्य गर्ने सम्भावित सम्झौतामा हमासले सहमति...

स्पेन–मोरक्को सीमामा गम्भीर संकट

स्पेन–मोरक्को सीमामा गम्भीर संकट

म्याड्रिड । स्पेनको उत्तर अफ्रिकास्थित स्वायत्त सहर स्यूटामा दुई दिनको...