back
CTIZAN AD

नहर भत्किँदा तीन परिवारको धानखेतीमा क्षति

वि.सं.२०८१ साउन २८ सोमवार

951 

shares

दोधारा चाँदनी (कञ्चनपुर) । कञ्चनपुरको भीमदत्त नगरपालिका–९ स्थित मटेनामा धानखेतीमा नोक्सानी पुगेको छ ।
गत असार अन्तिम साता आएको बाढीले महाकाली सिँचाइ तेस्रो चरणको नहर भत्किँदा मटेनाका स्थानीयका धानखेती र घर जोखिममा परेका छन् । असारपछिको वर्षाले स्थानीयको धानखेती कटान हुन थालेको छभने चार घर जोखिममा परेका छन् । नहर नजिकै रहेको एक परिवार विस्थापित बनेको छ । धानखेती गरेको जग्गा कटान हुन थालेपछि स्थानीयले प्लास्टिकले छोपेर नियन्त्रण गर्ने प्रयास गरिरहेका छन् ।
“असार अन्तिम साता आएको बाढीले नहर भत्काएपछि हाम्रो धानखेती कटान हुन थालेको छ”, भीमदत्त–९ का स्थानीय अर्जुन नाथले भने, “हामीले कटान रोक्नका लागि अस्थायी तटबन्धको माग गरे पनि कतैबाट सुनुवाइ भएन ।” उनले महिना दिन पुग्न लाग्दासमेत कुनै निकायबाट सहयोग नभएको गुनासो गरे ।

“अहिले प्लाष्टिकले छोपेर खेत बचाउने प्रयास गरिरहेका छौँ”, नाथले भने, “महाकाली सिँचाइ र नगरपालिकामा धाउँदा पनि कतैबाट सहयोग प्राप्त भएन ।” उक्त क्षेत्रमा पालिका प्रमुख तथा उपप्रमुख र यहाँका प्रदेशसभा सदस्यहरुले स्थलगत अवलोकन गरे पनि जमिनको कटान रोक्न कुनै प्रयास नगरेको स्थानीयको गुनासो छ । “हेर्नलाई मन्त्री सांसद सबै आउनुभयो, हामीलाई आश्वासन मात्रै दिएर जानुभयो”, स्थानीय किरण नाथले भने, “हाम्रो करिब दुई कट्ठा धानखेती कटान भइसक्यो ।” स्थानीयका अनुसार सामान्य वर्षामा समेत जमिन कटान हुन थालेको छ । तीन परिवारको पाँच कट्ठा बढी धानखेती कटान भएको छ । “खेत कटान भएर हाम्रो घरसम्म पुग्न २० मिटर मात्रै बाँकी छ”, उनले भने, “राति वर्षा भयो भने डरले घरमा सुत्दैनौँ ।”

भीमदत्त–९ का वडा सदस्य पशुपति सार्कीले नहर भत्किएपछि स्थानीयको घरखेत जोखिममा परेको बताए । “सुरुआतमा नहर भत्कियो, त्यसपछि स्थानीयको धानखेती कटान हुन थालेको छ”, वडा सदस्य सार्कीले भने, “कटानले गर्दा ब्रह्मदेव सडकसमेत जोखिममा परेको छ ।” उनका अनुसार मटेनामा कटान हुँदा ठूलो क्षति गरेको छ । स्थानीयको खेतसँगै सडक भत्किएर आवतजाव बन्द भएको छ ।

वि.सं.२०८१ साउन २८ सोमवार १५:१३ मा प्रकाशित

सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न सर्वपक्षीय प्रतिबद्धता

सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न सर्वपक्षीय प्रतिबद्धता

सुदूरपश्चिम । धार्मिक तथा साम्प्रदायिक सद्भाव, सामाजिक एकता र शान्ति...

‘ती मुख्यमन्त्री, यी किराना साहुजी !’

‘ती मुख्यमन्त्री, यी किराना साहुजी !’

सुदूरपश्चिम । ‘साहुजी, अण्डा दिनुस् न !’, कलेज पोसाकमा रहेका...

मादक पदार्थ सेवनगरी श्रीमानद्वारा श्रीमतीको हत्या

मादक पदार्थ सेवनगरी श्रीमानद्वारा श्रीमतीको हत्या

डोटी । डोटीको जोरायल गाउँपालिका–४ देउथलीमा मादक पदार्थ सेवन (मापसे)...

दार्चुलामा मध्य चमेलिया जलविद्युत् आयोजना निर्माण हुने

दार्चुलामा मध्य चमेलिया जलविद्युत् आयोजना निर्माण हुने

काठमाडौँ । सुदूरपश्चिम प्रदेशको जलविद्युत् केन्द्रका रुपमा स्थापित चमेलिया नदीमा...

सांसद खनालले धम्काए अस्पताल व्यवस्थापन समिति सदस्य थापालाई

सांसद खनालले धम्काए अस्पताल व्यवस्थापन समिति सदस्य थापालाई

कैलाली । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद केपी खनालले...

सर्पले टोकेर २९ वर्षीय युवकको मृत्यु

सर्पले टोकेर २९ वर्षीय युवकको मृत्यु

सुदूरपश्चिम । कैलालीको कैलारी गाउँपालिकामा सर्पले टोकेर एक युवकको मृत्यु...