back
CTIZAN AD

श्री एयरलाईन्सको टिकट खरिद गर्दा सिटिजन्सका ग्राहकलाई पाँच सयसम्मको छुट

वि.सं.२०८१ भदौ १४ शुक्रवार

954 

shares

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र श्री एयरलाइन्स बीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । ग्राहकको सेवा सुविधाको लागि समझदारी गरेको बैंकले जनाएको हो ।

बैंकका अनुसार उक्त समझदारी पश्चात बैंकका ग्राहकले कार्डबाहक र मोबाइल बैंकिङ्गको प्रयोग गरी सो एयरलाइन्सबाट टिकट खरिद गर्दा रु पाँच सयसम्मको आकर्षक छुट पाउनेछन् । बैंकका ग्राहकहरुले श्री को सबै काउन्टरबाटमात्र उक्त छुटको लाभ उठाउन सक्ने छन् ।

यस्तो किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुकासाथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ । बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानीगर्न प्रोत्साहन गर्न समय समयमा ग्राहक मैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्तगर्न सकिनेछ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी ६० जिल्लामा फैलिएका आफ्ना १९७ वटा शाखा, १६२ वटा ए.टि.एम., ३ विस्तारित काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ्ग ईकाइहरुबाट करिव १८ लाखग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

वि.सं.२०८१ भदौ १४ शुक्रवार ११:५४ मा प्रकाशित

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...

एनएमबि बैंकद्वारा व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि Pre-Owned EV कर्जा सुरु

एनएमबि बैंकद्वारा व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि Pre-Owned EV कर्जा सुरु

काठमाडा । एनएमबि बैंक लिमिटेडले व्यक्तिगत तथा विभिन्न संघ–संस्थाहरूका लागि...

खल्तीबाट डिम्याट र मेरोशेयर नवीकरण गर्दा १०० प्रतिशत क्यासब्याक जित्ने अवसर

खल्तीबाट डिम्याट र मेरोशेयर नवीकरण गर्दा १०० प्रतिशत क्यासब्याक जित्ने अवसर

काठमाडौं । डिजिटल भुक्तानी सेवा प्रदायक आइएमई खल्ती लिमिटेड (खल्ती)...

यस्तो छ आजका लागि नेृपाली बजारमा विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि नेृपाली बजारमा विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

एनआईसी एशिया बैंकको इजी कार्ड सार्वजनिक : अब घरमै बसेर अन्तर्राष्ट्रिय भुक्तानी गर्न सकिने

एनआईसी एशिया बैंकको इजी कार्ड सार्वजनिक : अब घरमै बसेर अन्तर्राष्ट्रिय भुक्तानी गर्न सकिने

काठमाडौँ । एनआईसी एशिया बैंकले ग्राहकहरूलाई अन्तर्राष्ट्रिय भुक्तानी प्रक्रियालाई सहज...

 शिक्षा र स्वास्थ्य क्षेत्रमा योगदान पुर्याउँदै  सिटिजन्स बैंक

 शिक्षा र स्वास्थ्य क्षेत्रमा योगदान पुर्याउँदै सिटिजन्स बैंक

काठमाडौँ । विगत १९ बर्ष देखि आधुनिक एवं सर्वसुलभ बैंकिङ...