back
CTIZAN AD

राप्ती साहित्य परिषद् दाङ शाखाले बृहत् साहित्यिक तथा साङ्गीतिक कार्यक्रम गर्ने

वि.सं.२०८१ भदौ १४ शुक्रवार

822 

shares

दाङ । राप्ती साहित्य परिषद् दाङ शाखाले विजयादशमी तथा शुभ दीपावली–२०८१ को अवसर पारेर बृहत् साहित्यिक तथा साङ्गीतिक कार्यक्रम गर्ने भएको छ ।
“स्रष्टा एक, प्रस्तोता अनेक’ शीर्षक दिएको सो कार्यक्रममा वरिष्ठ साहित्यकार तथा गजलका नारायण नेपालमा बहरबद्ध एकल गजलहरू रहनेछन् भने आफ्नो जीवन नै साङ्गीतिक क्षेत्रमा समर्पण गरेर गायनको क्षेत्रमा आफ्नो अलग्गै पहिचान बनाउन सफल वरिष्ठ तथा चर्चित गायक गायिकाहरूको स्वर रहनेछ ।
वरिष्ठ साहित्यकार तथा गजलकार नारायण नेपालका बहरबद्ध गजलहरूमा लोकसंस्कृति अनुसन्धानकर्ता तथा वरिष्ठ गायक डा.गोविन्द आचार्य, संविधानविद् तथा वरिष्ठ गायक डा. भीमार्जुन आचार्य, विश्वकीर्तिमानी सङ्गीतकार तथा वरिष्ठ गायक सन्तोष श्रेष्ठ, चर्चित गायकहरू यादवनाथ योगी, सुशील कुमार श्रेष्ठ, सन्तोष रजौरे, सागर शरद अधिकारी,भूपू पाण्डे र दीपलता उपाध्यायका सुमधुर स्वरहरू रहनेछन् ।

कार्यक्रम २०८१ साल कार्तिक १ गते कोजागतपूर्णिमाका दिन दाङ घोराहीको मालाइन होटलमा भव्य रूपमा सम्पन्न हुने राप्ती साहित्य परिषद् दाङ शाखाका अध्यक्ष यम रेग्मीले बताए ।

वि.सं.२०८१ भदौ १४ शुक्रवार २१:४० मा प्रकाशित

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...

गजल

गजल

अनुराग अरुण, लुभु, ललितपुर जसमा निकै आत्मीय प्यार हुन्छ हरपल...

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा तिम्रो मौनताको के नै नाम...