back
CTIZAN AD

कविता : तिमी नतड्पिनु

वि.सं.२०८१ भदौ १५ शनिवार

960 

shares

ललित श्री, सिक्किम, भारत

मेरो चाहानाको च ले
मनलाई चन्चल बनाई रहयो
मेरा कदमका क ले
तिम्रै बाटो कुरिरहयो
यो मायाको म ले
सधैं मलाई जीउदै मारिरहयो
मेरो दयाको द ले
त्यो मनको दैलो खोल्न नसक्दा
त्यो धड्कणको ध ले
यो मनलाई धोका दिईरहेको छ ।
तर
मेरो हाँसौको ह ले
कहिले हरेस खाएन
अनि
मेरो कोसिसको क ले भन्छ
म अझै कलिलै छु।
यो निराशाको न ले भन्छ
तिमी नसुर्ताउनु‘
किनकि
मेरो मायाको म ले फेरी भन्छ
पवित्र माया कहिले मर्ने छैन।
त्यो निष्टुरीको न ले भन्छ
समयले एक दिन कठोरलाई
नरम बनाउने छ
अनि
त्यो तिम्रो त ले भन्छ
तेतीवेला मलाई सम्झेर
तिमी नतड्पिनु
तिमी नतड्पिनु
तिमी नतड्पिनु ।

वि.सं.२०८१ भदौ १५ शनिवार ०५:१८ मा प्रकाशित

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...

गजल

गजल

अनुराग अरुण, लुभु, ललितपुर जसमा निकै आत्मीय प्यार हुन्छ हरपल...

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा तिम्रो मौनताको के नै नाम...