back
CTIZAN AD

एन्फा महिला लिगकाे उद्घाटन खेलमा कोशी र वालिङ भिड्ने

वि.सं.२०८१ भदौ १६ आइतवार

1K 

shares

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा एन्फा महिला लिग फुटबल आजदेखि सुरु हुँदैछ । लिगमा कूल १० टोलीको सहभागिता रहनेछ ।

उद्घाटन खेलमा कोशी प्रदेश र वालिङ नगरपालिका स्याङ्जाबीच प्रतिस्पर्धा हुनेछ । खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दिउँसो तीन बजे सुरु हुनेछ । उद्घाटन खेलका लागि दर्शकलाई निःशुल्क प्रवेशको व्यस्था गरिएको एन्फाले जनाएको छ ।

महिला लिगमा एपीएफ एफसी, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, चन्द्रपुर नगरपालिका, वालिङ नगरपालिका, कोशी प्रदेश, सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, संकटा एफसी र बागमती युथ क्लब छन् ।

महिला लिगको विजेताले १० लाख र उपविजेताले पाँच लाख पाउनेछन् । यस्तै उत्कृष्ट खेलाडी तथा फेयर प्ले टिमले एक–एक लाख तथा उत्कृष्ट गोलकिपर र उच्च गोलकर्ताले समान ५० हजार रुपैयाँ पाउनेछन् । हरेक खेलका प्लेयर अफ द म्याचले पाँच हजार रुपैयाँ गर्ने छन् ।

लिगमा अनुमानित बजेट दुई करोड २४ लाख ६८ हजार छ सय ९८ रुपैयाँ रहेको एन्फाले जनाएको छ ।

वि.सं.२०८१ भदौ १६ आइतवार १०:५७ मा प्रकाशित

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

काठमाडौं । नेपाल गोर्खा खुकुरी मार्सल आर्ट्स संघको आयोजनामा राष्ट्रिय...

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

काठमाडौं । नेपाली खेलाडी रचना सिलवालले मलेसियाको पुत्रजयामा सम्पन्न गामा...

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

काठमाडौं । बंगलादेशको ढाकामा भएको १० औं दक्षिण एसियाली कराते...

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

काठमाडौं । जापानमा हुने २० औं एसियाली खेलकुदको तयारी गर्न...

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ को घोषणा

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ को घोषणा

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले नेपाली खेलकुद...

त्रियोग अन्तरविद्यालय चेस प्रतियोगिता बुधबारदेखि, करिब ६ सय खेलाडी प्रतिस्पर्धामा

त्रियोग अन्तरविद्यालय चेस प्रतियोगिता बुधबारदेखि, करिब ६ सय खेलाडी प्रतिस्पर्धामा

काठमाडौं । त्रियोग हाइ स्कुलको आयोजनामा छैटौँ त्रियोग अन्तरविद्यालय चेस प्रतियोगिता...