back
CTIZAN AD

किड्स ट्यालेन्ट शो र फेशन शोको विभिन्न विधानमा २९ प्रतिभा पुरस्कृत

वि.सं.२०८१ भदौ १६ आइतवार

1.3K 

shares

काठमाडौं । एमकेएम फेशन हाउस र सामरी इन्टरनेशनल इभेन्टको संयुक्त आयोजनामा राजधानीमा ‘डीएएसएम सुपरस्टार किड्स ट्यालेन्ट’ तथा ‘एमकेएम फेशन हाउस ब्राइडल फेशन शो’ ग्राण्ड फिनाले सम्पन्न भएको छ ।

जमलस्थित सांस्कृतिक संस्थानको मेघा हलमा सम्पन्न सो समारोहमा ब्राइडल, मोडलिङ, सिङ्गिङ, एक्टिङ र डान्सिङ विधाका गरी २९ प्रतिभाहरु पुरस्कृत भएका छन् ।

समारोहमा एमकेएम ब्राईडलतर्फ बिना बलामी रोयले शीर्ष उपाधी चुमेकी छिन् भने चन्दु बलामी फस्ट रनर अप र रेनु पन्जियार सेकेन्ड रनर अप भएका छन् । साथै मिनित राई र नुहाङ्मा राईले पब्लिक च्वईस तथा कविता बस्नेतले भियोर च्वईसको पुरस्कार प्राप्त गरेका छन् ।

डीएएसएम सुपरस्टार किड्स ट्यालेन्ट मोडलिङ्तर्फ सुदिस्ना भण्डारीले टाइटल उपाधी जितेकी छिन् भने सदिक्षा तामाङ फस्ट रनर अप, सिभानी धिताल सेकेन्ड रनर अप भएका छन् । काभ्या केसी, अनु पौडेल, रोशनी नेमकुल र प्रेनिका घिमिरे थर्ड रनर अप घोषित भए ।
डीएएसएम सुपरस्टार सिङ्गिङतर्फ अमन तामाङ बिजेता र निश्चल चौधरी फस्ट रनर अप भए । डान्सिङ विधाको उपाधी आलिया लामाले चुमेकी छिन् भने सृष्टि साहु फस्ट रनर अप, रिटिना मर्हजन सेकेन्ड रनर अप र सृजु वाग्ले थर्ड रनर अप भएका छन् ियसैगरी एक्टिङतर्फ आहिल श्रेष्ठ बिजेता घोषित भए भने छाया मगरले फस्ट रनर अपको, प्रसुना कार्कीले सेकेन्ड रनर अपको र क्रिस्मा खड्काले थर्ड रनर अपको पुरस्कार प्राप्त गरेका छन् ।

समारोहमा पाथीभरा समूहतर्फ सिङ्गिङमा क्रिस्टप थापा मगर प्रथम र संगम बस्नेत फस्ट रनर अप भएका छन् । पाथीभरा समूहकै डान्सिङ विधामा वर्षा श्रेष्ठले उपाधी चुमेकी छन् भने आध्या बुढाथोकी फस्ट रनर अप, आरध्या बजगाई सेकेन्ड रनर अप र आरोही न्यौपाने थर्ड रनर अप भएका छन् । समारोहमा र्यापर निर्णय श्रेष्ठ  (एनएसके), कानून व्यावसायी लिजा राई, एउटा खुट्टाले नृत्य गर्ने नृत्याङ्गना सीता सुवेदी, कानून व्यावसायी रक्षा बहादुर रैका मगर, चलचित्र अभिनेत्री गौरी मल्ल, मोडल सुगारिका श्रेष्ठ, अन्जना पुन, फोटो पत्रकार हरि गोपाल प्रधान र र्यापर सिद वाग्ले निर्णायकको रुपमा रहेका थिए ।

प्राप्त जानकारी अनुसार ब्राइडल फेशन शोतर्फ एमकेएम फेशन हाउस ९मान कुमारी इन्टरनेशनल प्रा।लि।० की सीईओ दिलमाया मगर र प्रशासन अधिकृत विमला वि। क। इभेन्ट टिम मेम्बरको रुपमा रहेका थिए भने डिएएसएम सुपरस्टारतर्फ सामरी इन्टरनेशनल ईभेन्टका सीईओ भरत सामरी, प्रवन्ध निर्देशक महेन्द्र शाही, अन्जन परियार, सुस्मिता तिमल्सिना, प्रतिमा दन्गौरा, प्रभात बस्नेत र सुजन सापकोटाले इभेन्ट टिम मेम्बरको रुपमा जिम्मेवारी निर्वाह गरेका थिए । साथै सिङ्गिङतर्फ ईशान श्रेष्ठ, डान्सिङतर्फ सन्दिप भुजेल र मोडलिङतर्फ सम्राट प्रसाद साह प्रशिक्षकका रुपमा रहेका थिए ।

वि.सं.२०८१ भदौ १६ आइतवार १०:२५ मा प्रकाशित

म्याग्दीको सुन्दर गाउँ गुर्जामा  पहिलोपटक चलचित्र छायाङ्कन

म्याग्दीको सुन्दर गाउँ गुर्जामा पहिलोपटक चलचित्र छायाङ्कन

बेनी (म्याग्दी) । धवलागिरि गाउँपालिका–१ गुर्जामा पहिलोपटक चलचित्रको छायाङ्कन गरिएको...

‘गुरु आमा’ हेर्ने दर्शकले भरिए काठमाडौँका सिनेमाहल, चर्चित कलाकारका फिल्म फिक्का

‘गुरु आमा’ हेर्ने दर्शकले भरिए काठमाडौँका सिनेमाहल, चर्चित कलाकारका फिल्म फिक्का

  काठमाडौं । नेपाली चलचित्र बजारमा यसपटक अनपेक्षित रूपमा चलचित्र...

‘लालीबजार’ प्रदर्शनमा

‘लालीबजार’ प्रदर्शनमा

काठमाडौँ । चलचित्र ‘लालीबजार’ आजदेखि प्रदर्शनमा आएको छ । उच्च...

‘गुरु आमा’को भावुक ट्रेलर सार्वजनिक, दर्शकको मन छुने संकेत

‘गुरु आमा’को भावुक ट्रेलर सार्वजनिक, दर्शकको मन छुने संकेत

काठमाडौं । शिक्षक–विद्यार्थी सम्बन्धको भावनात्मक कथावस्तु समेटिएको नेपाली चलचित्र गुरु...

‘गुरु आमा’ को ट्रेलर सार्वजनिक हुँदै

‘गुरु आमा’ को ट्रेलर सार्वजनिक हुँदै

काठमाडौं । नेपाली चलचित्र ‘गुरु आमा’ को ट्रेलर सार्वजनिक गरिने...

‘गूरु आमा’को टाइटल गीत ‘मन मान्दै मानेन’ सार्वजनिक

‘गूरु आमा’को टाइटल गीत ‘मन मान्दै मानेन’ सार्वजनिक

काठमाडौं । भिन्नै कथावस्तुमा आधारित नेपालीकथानक चलचित्र ‘गूरु आमा’को गीत...