कतारमा निर्माणधिन भवन भत्किएर एक नेपालीको मृत्यु भएको छ । कतारको Bandary Engineering,Trading and contracting कम्पनीको निर्माधिन भवन मई १६ का दिन भत्किदा रुपन्देहीका चिनक मल्लाहको मृत्यु भएको छ भने दाङका गंगाराम चौधरी घाइते भएका छन् ।
त्यसैगरी यसै विषयलाई लिएर कतारमा निर्माणधिन भवन भत्किएर धेरै नेपाली हताहत भएको भनेर बाहिर आएको समाचारको कतारस्थित नेपाली दूतावासले खण्डन गरेको छ । दूतावासले एक प्रेसविज्ञप्ति जारी गर्दै विहिबार सामाजिक संजाल एवं अनलाइन मेडिया संस्करणमा भ्राम एवंक तथ्यहीन समाचार प्रेषित गरी सर्वसाधारणमा भ्रम श्रृजना नगरिदिनु हुन पनि अनुरोध गरेको छ ।
दूतावासले उक्त दुर्घटनामा नेपाली कामदारहरु परेको ÷नपरेको बारे सम्बन्धीत कम्पनीको प्रतिनिधिमार्फत जानकारी लिएको पनि दूतावासले जनाएको छ ।
वि.सं.२०७४ जेठ ५ शुक्रवार ०७:४० मा प्रकाशित






























