back
CTIZAN AD

‘चिनियाँ राष्ट्रपति सी रूसमा हुने ब्रिक्स सम्मेलनमा सहभागी हुने’ 

वि.सं.२०८१ भदौ २८ शुक्रवार

1.1K 

shares
बेइजिङ । चीनका राष्ट्रपति सी चिनफिङ अर्को महिना रुसमा हुने ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुने चिनियाँ विदेशमन्त्रीले बिहीबार जानकारी गराएकबा छन् ।
उदीयमान अर्थतन्त्रको शिखर सम्मेलन अक्टोबर २२ देखि २४ सम्म दक्षिणपश्चिमी रूसी शहर कजानमा आयोजना हुनेछ । सम्मेलनमा क्रेमलिनले आफ्नो प्रभाव विस्तार गर्ने र विशेषगरी बेइजिङसँग नजिकको आर्थिक गठबन्धन बनाउने अवसर पाउने अपेक्षा गरेको छ ।
“राष्ट्रपति सी तपाईंको निमन्त्रणा स्वीकार्दै निर्धारित कार्यक्रमअनुसार कजान पुग्न पाउँदा निकै खुसी हुनुहुन्छ”, सेन्ट पिटर्सबर्गमा भएको भेटमा विदेशमन्त्री वाङ यीले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भने, “सम्मेलनका क्रममा दुई देशका राष्ट्रप्रमुखबीच थप रणनीतिक छलफल हुनेछ ।
उने पुटिन र सीबीच ‘बलियो पारस्परिक विश्वास र गहिरो मित्रता’ रहेको पनि बताए ।
स्थापनाकालमा ब्राजिल, रूस, भारत, चीन र दक्षिण अफ्रिकाको संक्षिप्त नामबाट नामकरण गरिएको ब्रिक्स समूहले विश्वको लगभग आधा जनसङ्ख्याको प्रतिनिधित्व गर्दछ भने संयुक्त अरब इमिरेट्स र इरानसहित अन्य प्रमुख उदीयमान अर्थव्यवस्थाहरूलाई समावेश गरी यसलाई  विस्तारित गरिएको छ ।
सन् २०२२ मा रूसले युक्रेनमाथि गरेको आक्रमणपछि पुटिनले सहयोगका लागि चीनलाई हेरिरहेका  छन् र मस्कोले पश्चिमा मुलुकबाट ठूलो आर्थिक प्रतिबन्धको सामना गरिरहेका बेला मित्र राष्ट्रहरूले व्यापारलाई उच्च स्तरमा पु¥याएका छन् ।
गत महिना पुटिनले चिनियाँ प्रधानमन्त्री ली कियाङलाई क्रेमलिनमा स्वागत गर्दै चीनसँग रुसको आर्थिक र व्यापारिक सम्बन्धले ‘परिणाम दिने’ बताएका थिए  । एएफपी

वि.सं.२०८१ भदौ २८ शुक्रवार ०७:५९ मा प्रकाशित

सिटी एक्सप्रेसमार्फत नेपाल पैसा पठाउँदा सेवा शुल्क नलाग्ने

सिटी एक्सप्रेसमार्फत नेपाल पैसा पठाउँदा सेवा शुल्क नलाग्ने

काठमाडौं । सिटी एक्सप्रेसमार्फत विश्वका विभिन्न मुलुकबाट नेपाल पैसा पठाउँदा...

पेरिसनजिक थिम पार्क बनाउन फ्रान्स र साउदी अरबबीच सहमति

पेरिसनजिक थिम पार्क बनाउन फ्रान्स र साउदी अरबबीच सहमति

पेरिस । फ्रान्स र साउदी अरबले पेरिसनजिकै ६ अर्ब युरो...

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

पछिल्लो समय युवाहरू खर्च घटाउने तत्कालीन उपायभन्दा भविष्यमा उपयोगी हुने...

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

इस्लामाबाद । पाकिस्तानको दक्षिण–पश्चिमी बलुचिस्तान प्रान्तमा शनिबार सुरक्षाकर्मीको टोलीलाई लक्षित...

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

किएभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण जारी रहेका...

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

(बेइजिङ, रोयटर्स) । चीनको बेइजिङमा आयोजित विश्व ह्युमनोइड रोबोट खेलकुद...