back
CTIZAN AD

दलहरूले दलितसँग गरेका वाचा पुरा गर्नुपर्छ : खगेन्द्र सुनार

वि.सं.२०८१ असोज ३ बिहीवार

1.7K 

shares

काठमाडौँ । दलितका लागि दलित अभियानका संयोजक खगेन्द्र विश्वकर्माले विभिन्न राजनीतिक दलहरूले परिवर्तनका सुरुवातमा दलितसँग गरेका वाचा अनिवार्य पुरा गर्नुपर्ने बताएका छन् । ‘दलितलाई खै’ आन्दोलनलाई नयाँ बानेश्वरमा सम्बोधन गर्दै दलितसँग गरिएका वाचा, खाएका कसम, गरिएका घोषण पुरा गर्नुपर्ने बताएका हुन् ।

उनले दलित समुदायका पुराना पुस्ता राजनीतिक दलहरूले उठ भने उठ्ने र बस भने बस्ने गरेको भए पनि नयाँ पुस्ता त्यस्तो परिस्थितिबाट माथि उठेको बताए । ‘पुराना पुस्ता इमानदार र सोझा दिए । उठ भने उठ्ने र बस भने बस्ने गरेका थिए ।’ अभियन्ता विश्वकर्माले भने, ‘नयाँ पुस्ता अब दास बनेर बस्दैन । पढेर, बुझेर आएको छ । आफ्नो लागि आफै लड्छ । बैसाखी टेकेर लड्दैन ।’

उनले २००७ सालबाट काँग्रेसले दलितलाई प्रयोग गरेर बेहाल बनाएको बताए । ‘मलाई केहीले यो विषय बोल्न हुन्न भनेका थिए । म एक्लै भए पनि बोल्नुपर्छ ।’ उनले प्रश्न गरे, ‘७५ देखि दलितलाई काँग्रेसले पढाउँदै आएका छौँ भन्छ । तर, यत्रो पढाउँदा पनि एउटा दलित सचिव, डिआइजी, र न्यायाधीश  , गभर्नर भएको खै रु काँग्रेसले के पढाउँछ रु’

विश्वकर्माले एमालेले दलितलाई मदन भण्डारीको बाटोमा हिँड्दा मुक्ति हुन्छ भनेर फकाउँदै फकाउँदै त्रिशूलीमा लगेर हुत्त्याउने काम गरेको बताए । उनले एमाले भित्र रहेका दलित नेता कार्यकर्तालाई एमालेको चाल बुझ्न र सचेत रहन आग्रह गरे ।

‘माओवादीले २०५२ सालबाट वर्गीय र जातीय मुक्तिको नाममा दलितलाई बन्दुक बोकाएर दलितलाई अधिकार दिने विषयमा मौन रहेको उल्लेख गरे । ‘दलितलाई न्याय र समानता हुन्छ हुन्छ भनियो, दलित जुरुक्कै उठेर जनयुद्धमा लागे ।’ उनले भने, ‘अहिले हिजो रगत बगाएर दलित जनमुक्ति सेना भारतमा बेल्चा हान्दै छन् । कोही खान, लाउन र उपचारको अभावमा आफ्नो जीवनलाई धिक्कार्दै छन् ।

अभियन्ता विश्वकर्माले अब काँग्रेस, एमाले र माओवादीलाई दलितसँग गरिएका सम्झौता कार्यान्वयनका लागि खबरदारी गर्नुपर्ने बताए । उनले दलितका माग सम्बोधन नभए कडा खालको आन्दोलनमा जाने चेतावनी दिए । ‘हाम्रो अभियान हिंसा फैलाउने होइन, बाहुन क्षेत्रीको घाँटी काट्ने होइन ।’ उनले भने, ‘हाम्रो सबै आन्दोलन र अभियान शान्तिपूर्ण हुन्छन् । तर, हामीलाई कमजोर देखिन्छ र हाम्रा विरुद्ध बन्दुक तेर्साउन खोजिन्छ भने हातमा दही जमाएर बसिँदैन ।’

विश्वकर्माले दलितका सिपहरू खोसिँदै गएको प्रति आपत्ति जनाए । उनले सम्पूर्ण दलित समुदायलाई एकता बद्ध हुन आग्रह गर्दै दलितका अधिकार, सिप र क्षमता प्रयोग गर्नुपर्ने सुझाए । विश्वकर्माले दलित माथि हुने भेदभाव तथा छुवाछुत विरुद्ध जुरुक्क उठ्न आग्रह गरे । उनले दलित मुक्तिका लागि साथ दिने सम्पूर्ण गैर दलितलाई धन्यवाद दिए ।

वि.सं.२०८१ असोज ३ बिहीवार २२:०७ मा प्रकाशित

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

काठमाडौं । अभिनेता तथा निर्देशक दीपकराज गिरीले अभिनेत्री तथा निर्देशक...

राष्ट्र बैङ्कद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

राष्ट्र बैङ्कद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले...

कतारका पूर्वराजा शेख खलिफाको निधन

कतारका पूर्वराजा शेख खलिफाको निधन

दोहा । कतारका पूर्व अमिर तथा वर्तमान राजा अमिर शेख...

नेपालगन्ज उपमहानगरपालिकाको एक अर्ब ७६ करोडको बजेट पारित

नेपालगन्ज उपमहानगरपालिकाको एक अर्ब ७६ करोडको बजेट पारित

नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिका सभाले आगामी आर्थिक वर्षका लागि प्रस्तुत...