back
CTIZAN AD

दर्शकहरुको रोजाईमा पर्दै ‘बेहुली फ्रम मेघौली’

वि.सं.२०८१ असोज २२ मंगलवार

3.6K 

shares

 

तपाई सिनेमाको शोख भएको मानिस नहुन सक्नुहुन्छ । कसैको अनुरोध र दवावमा हलमा जांदा ३ घण्टा हलमा बिताउन गाहो हुनेगर्छ तपाइलाई भनेपनि एउटा फिल्म हेर्न हलभित्र पस्नु भयो भने त्यस्तो हुदैन । बरु अर्को ३ घण्टा थपिए हुन्थ्यो जस्तो लाग्छ । फिल्म ‘बेहुली फ्रम मेघौली’ हेर्दा यसपछि के होला भन्ने कुराले नै कौतुहलता थप्दै तपाईलाई फिल्मले डोयाउनेछ ।
बाउले छोरीको योग्य वरको खोजीका लागि गर्नुपर्ने पीडादायी संघर्ष तथा शारिरिक आकर्षंण, प्रेम, र यौनलाई सहि रुपमा नबुझदाका घटनाक्रम, केटीहरुको प्रेमको अन्धता, हदैसम्मका तीकडम, प्रयास र ठक्कर पछिको निष्कर्ष यसको मुख्य कथाबस्तु हो । महिलालाई खेलौना मात्रै ठान्ने पुरुष मानसिकता र जालमा फस्ने महिला भद्रता पनि यहां पाईन्छ । फिल्म मनोरंजनात्मक संगसंगै पारिवारिक र शिक्षाप्रद पनि छ ।


ब्ल्याक हर्स पिक्चर्स र मेघौली फिल्मसको ब्यानरमा सजन काफ्ले र आकाश बरालको संयुक्त निर्देशन रहेको यो फिल्ममा स्वस्तिमा खड्का, र निश्चल बस्नेत बाहेक सिमरन खड्का, रक्षा थापा, विजय बराल, लोकेन्द्र लेखक, वसुन्धरा भुसाल, सिरु विष्ट, आमिर गौतम, टीका पहारी लगायतको अभिनय रहेको छ । सिनेमाको पटकथा लेखक सम्पदा मल्ल हुन भने फिल्मको लेखन पनि निर्देशकद्वय सजन र आकाशकै हो । सिनेमाको अधिकांश दृश्य भरतपुरको मेघौली आसपास देखिन्छ ।

वि.सं.२०८१ असोज २२ मंगलवार ०६:५१ मा प्रकाशित

अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ श्रृंखलामा डा. ध्रुबेश चन्द्र रेग्मीद्वारा राग ‘बागेश्री’ प्रस्तुति

अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ श्रृंखलामा डा. ध्रुबेश चन्द्र रेग्मीद्वारा राग ‘बागेश्री’ प्रस्तुति

काठमाडौं। अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ मासिक शास्त्रीय संगीत श्रृंखलामा...

ड्रेस टु इम्प्रेस’ १३ औँ संस्करणमा चार फेशन डिजाइनर भए उत्कृष्ट

ड्रेस टु इम्प्रेस’ १३ औँ संस्करणमा चार फेशन डिजाइनर भए उत्कृष्ट

काठमाडौँ । फेसनसम्बन्धी नेपालको अग्रणी एकेडेमी स्कूल अफ फेसन एन्ड...

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

काठमाडौं । अभिनेता तथा निर्देशक दीपकराज गिरीले अभिनेत्री तथा निर्देशक...