back

नेप्से परिसूचकमा सामान्य वृद्धि

वि.सं.२०८१ कात्तिक १ बिहीवार

348 

shares

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक दुई दशमलव ४७ अङ्कले उकालो लागेर दुई हजार सात सय ४५ दशमलव ३६ मा पुगेको छ ।

ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव ३१ अङ्कले उकालो लागेर चार सय ९५ दशमलव ३० मा पुगेको छ । कारोबार भएका १३ उपसमूहमध्ये सात उपसमूहको शेयर मूल्य उकालो लाग्दा छ उपसमूहको शेयर मूल्यमा भने गिरावट आएको छ ।

कूल एक करोड ८८ लाख सात हजार चार सय ९२ कित्ता शेयर रु सात अर्ब १९ करोड २७ लाख ९२ हजार एक सय ६६ मूल्यमा कारोबार भएको छ ।

नेप्सेका अनुसार, गुडविल फाइनान्स सात दशमलव ६३, एनआइसी एशिया सेलेक्ट फण्ड छ दशमलव १९, सनराइज ब्ल्यूचिप फण्ड छ दशमलव १४, समाज लघुवित्त पाँच दशमलव १२ र रावा इनर्जीका लगानीकर्ताले पाँच दशमलव १२ प्रतिशतले कमाएका छन् ।

यस्तै, अप्पर स्याङ्गे हाइड्रोपावर पाँच दशमलव १९, मिड सोलु हाइड्रोपावर पाँच दशमलव शुन्य तीन, सामुदायिक लघुवित्त चार दशमलव ४७, नेपाल एसबिआई बैंकको ऋणपत्र तीन दशमलव ८८ र सर्पोट माइक्रोफाइनान्सका लगानीकर्ताले तीन दशमलव ४१ प्रतिशतले गुमाएका छन् ।

वि.सं.२०८१ कात्तिक १ बिहीवार १६:२३ मा प्रकाशित

आज नेप्से परिसूचक नौ दशमलव ९९ अङ्कले घट्यो

आज नेप्से परिसूचक नौ दशमलव ९९ अङ्कले घट्यो

काठमाडौं । यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज...

गार्डियन माइक्रो लाइफले १९ गते देखि आईपीओ बिक्री गर्दै

गार्डियन माइक्रो लाइफले १९ गते देखि आईपीओ बिक्री गर्दै

काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले वैदेशिक रोजगारीमा रहेका...

नौ अङ्कले बढ्यो नेप्से

नौ अङ्कले बढ्यो नेप्से

काठमाडौँ । मङ्गलबार करिब दुई प्रतिशतले घटेको नेपाल स्टक एक्सचेञ्ज...

नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट

नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको गिरावट...

उच्च अङ्कले ओरालो लाग्यो नेप्से

उच्च अङ्कले ओरालो लाग्यो नेप्से

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको गिरावट...

धितोपत्र दलाल (ब्रोकर)को सङ्ख्या ९० पुग्यो

धितोपत्र दलाल (ब्रोकर)को सङ्ख्या ९० पुग्यो

काठमाडौं । धितोपत्रको दोस्रो बजारमा कारोबारका लागि अनुमति पाउने दलाल...