back
CTIZAN AD

एक्सन मुभि ‘कर्मा’ चैतमा प्रदर्शनमा आउँदै, मुख्य भूमिकामा विपिन कार्की

वि.सं.२०८१ कात्तिक ३ शनिवार

1.1K 

shares

काठमाडौं । फिल्म निर्देशक शौरभ चौधरीको निर्देशनमा निर्माण हुन लागेको एक्सन मूभि ‘कर्मा’ नयाँवर्ष २०८१ को अवसर पारेर चैत २९ गतेबाट देशभरीका हलमा प्रदर्शनमा आउने भएको छ ।

निर्माण पक्षले शुक्रबार कर्माको पोस्टर सार्वजनिक गर्दै फिल्मको प्रदर्शन मिति समेत घोषणा गरेको हो ।

यसअघि फिल्म अगस्त्य– च्याप्टर १ को सफल निर्देशन गरेका चौधरीको निर्देशनमा निर्माण हुन लागेको कर्माको मूख्य भूमिकामा विपिन कार्की अनुबन्धित भएका छन् । उक्त कुराको जानकारी निर्माण पक्षले शुक्रबार दिएको हो । उक्त फिल्ममा अभिनेता कार्की जिममा कसरत गरिरहेको भूमिकामा देखिएको पोस्टर सार्वजनिक गरिएकोछ ।

निर्देशक चौधरीको यो तेस्रो फिल्म निर्देशन हो भने फिल्मको कथा पनि चौधरीले नै लेखेका हुन् । उक्त फिल्मको एक्सन ड्रामा जनरामा निर्माण हुने बताइएको छ भने यसको मुख्य छायांकन रुकुम र दाङमा हुने बताइएको छ ।

आर्टिस्टिक इन्टरटेन्मेन्टको प्रस्तुति रहने उक्त फिल्ममा बसन्त लम्सालको लगानी रहेको बताइएको छ भने फिल्मको छार्याकन मंसिर दोस्रो सातापछि निर्माण हुने निर्माण पक्षले जानकारी दिएको छ ।

निर्देशक चौधरीका अनुसार हाल विपिन कार्की मुख्य भूमिकामा रहेको पोस्टर सार्वजनिक गरिए पनि अन्य कलाकारहरु क्रमशः अनुबन्धित हुँदै जानेछन् ।

वि.सं.२०८१ कात्तिक ३ शनिवार १५:३९ मा प्रकाशित

अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ श्रृंखलामा डा. ध्रुबेश चन्द्र रेग्मीद्वारा राग ‘बागेश्री’ प्रस्तुति

अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ श्रृंखलामा डा. ध्रुबेश चन्द्र रेग्मीद्वारा राग ‘बागेश्री’ प्रस्तुति

काठमाडौं। अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ मासिक शास्त्रीय संगीत श्रृंखलामा...

ड्रेस टु इम्प्रेस’ १३ औँ संस्करणमा चार फेशन डिजाइनर भए उत्कृष्ट

ड्रेस टु इम्प्रेस’ १३ औँ संस्करणमा चार फेशन डिजाइनर भए उत्कृष्ट

काठमाडौँ । फेसनसम्बन्धी नेपालको अग्रणी एकेडेमी स्कूल अफ फेसन एन्ड...

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

काठमाडौं । अभिनेता तथा निर्देशक दीपकराज गिरीले अभिनेत्री तथा निर्देशक...