back
CTIZAN AD

कविता : सिर्जना सजाऊँ नौलो

वि.सं.२०८१ मंसिर १ शनिवार

1.1K 

shares

कलानिधि दाहाल , काठमाडौं

म आएँ कहाँबाट थाहा भएन
कहाँ जान्छु त्यो भोलि थाहा भएन ।
कहाँ हुन्छ खै सम्झना यी दुवैको
म खोजेर हिँड्ने यता को यिनैको ?१?

न भेटे कसैले न भेट्ने छ कोही
लगाएर टीका कहाँ मिल्छ मोही ?
कराए कतै पार पाखण्ड जोगी
हराए कतै स्वार्थका लोभ भोगी ।२।

म उस्तै छु अज्ञानको भारभित्र
छ उस्तै उता लुक्छ ऊ कारभित्र ।
समाएँ लता पुञ्जका पुञ्ज दौडेँ
सिपी भेट्छु भन्दै नदीपार पौडेँ ।३।

भए भेटिने हो रहे भेटिने हो
धरा पाउ राखे सबै देखिने हो ।
हवामा उडेको उता पात बन्दा
कहाँ हुन्छ मान्छे मनोद्वेग चङ्गा ?४?

म छाँगो झरेको छु अग्लो चुमेर
म थाकेँ कहाँ खै शिला शैलनेर ?
सबै अन्ध छाडेर आऊ यता छु
सदा यो समाऊ विनाभाउमा छु ।५।

छ कल्पनाको उचाकाश मेरो
बसेका झिना लाम लागेर घेरो ।
उता फाल थोत्रो सडेको चमेरो
र हो अग्लिँने जिन्दगीको छ घेरो ।६।

छ विश्वास नौलो सुनौलो धराको
नयाँ खोज मेरो छ भित्री गराको ।
म आफैँ सके उठ्नलाई धरामा
अहा यो बिहानी यिनै कन्दरामा ।७।

म थोत्रेर जम्दा सबै थोत्रिने छन्
मुसादाँत दाह्रा भरी कोत्रिने छन् ।
न गाऊँ गएका कुनै गीत गाना
लगाऊँ म गाता नयाँ पत्रपाना ।८।

छ यो जिन्दगानी जमाना छ भोलि
पुराना सबै फाल यी वस्त्र खोली ।
लगाऊँ नयाँ रङ्गका रङ्ग नाना
चलौँ चाल यो नित्य नौलो जमाना ।९।

छन्द : भुजङ्गप्रयात
गण : य य य य
सङ्केत :lSS lSS lSS lSS

वि.सं.२०८१ मंसिर १ शनिवार ०४:५६ मा प्रकाशित

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

स्याङ्जा, वालिङ । युवा लेखकद्वय जी.बी. राना र सावित्रा थापाको...

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...