back

कविता : सिर्जना सजाऊँ नौलो

वि.सं.२०८१ मंसिर १ शनिवार

477 

shares
GLOBAL IME AD
NTC AD

कलानिधि दाहाल , काठमाडौं

म आएँ कहाँबाट थाहा भएन
कहाँ जान्छु त्यो भोलि थाहा भएन ।
कहाँ हुन्छ खै सम्झना यी दुवैको
म खोजेर हिँड्ने यता को यिनैको ?१?

न भेटे कसैले न भेट्ने छ कोही
लगाएर टीका कहाँ मिल्छ मोही ?
कराए कतै पार पाखण्ड जोगी
हराए कतै स्वार्थका लोभ भोगी ।२।

म उस्तै छु अज्ञानको भारभित्र
छ उस्तै उता लुक्छ ऊ कारभित्र ।
समाएँ लता पुञ्जका पुञ्ज दौडेँ
सिपी भेट्छु भन्दै नदीपार पौडेँ ।३।

भए भेटिने हो रहे भेटिने हो
धरा पाउ राखे सबै देखिने हो ।
हवामा उडेको उता पात बन्दा
कहाँ हुन्छ मान्छे मनोद्वेग चङ्गा ?४?

म छाँगो झरेको छु अग्लो चुमेर
म थाकेँ कहाँ खै शिला शैलनेर ?
सबै अन्ध छाडेर आऊ यता छु
सदा यो समाऊ विनाभाउमा छु ।५।

छ कल्पनाको उचाकाश मेरो
बसेका झिना लाम लागेर घेरो ।
उता फाल थोत्रो सडेको चमेरो
र हो अग्लिँने जिन्दगीको छ घेरो ।६।

छ विश्वास नौलो सुनौलो धराको
नयाँ खोज मेरो छ भित्री गराको ।
म आफैँ सके उठ्नलाई धरामा
अहा यो बिहानी यिनै कन्दरामा ।७।

म थोत्रेर जम्दा सबै थोत्रिने छन्
मुसादाँत दाह्रा भरी कोत्रिने छन् ।
न गाऊँ गएका कुनै गीत गाना
लगाऊँ म गाता नयाँ पत्रपाना ।८।

छ यो जिन्दगानी जमाना छ भोलि
पुराना सबै फाल यी वस्त्र खोली ।
लगाऊँ नयाँ रङ्गका रङ्ग नाना
चलौँ चाल यो नित्य नौलो जमाना ।९।

छन्द : भुजङ्गप्रयात
गण : य य य य
सङ्केत :lSS lSS lSS lSS

वि.सं.२०८१ मंसिर १ शनिवार ०४:५६ मा प्रकाशित

गजल

गजल

तारा बिष्ट छन्दार्पण हाल : मलेसिया जलाए दिल उनैले सादगी...

लघुकथा : सहादत

लघुकथा : सहादत

मनीषकुमार शर्मा ‘समित’ मध्यपुर ठिमी, भक्तपुर मध्यरातमा देखिएको छायाँ आकृतिले...

गजल

गजल

गजलिका, अमेरिका बसूँ भन्छ यो मन नयनभित्र तिम्रो इरादा छ...

कविता : मन छैन साथ

कविता : मन छैन साथ

उत्तमकुमार पोखरेल, भक्तपुर के के सुने सहरमा, कति सत्य होला...

कविता : म र भ्रष्टाचार

कविता : म र भ्रष्टाचार

दीनानाथ पोख्रेल, इलाम म व्यक्ति अति अग्लो छु, पदले धनले...

कविता : रिस

कविता : रिस

उत्तम विचार, नुवाकोट रिस हो निजको शत्रु गरौँ विनाश खोज्दछ...