back
CTIZAN AD

कविता : वृद्धको यथार्थता

वि.सं.२०८१ मंसिर १ शनिवार

1.2K 

shares

कविराज घिमिरे, चाँगुनारायण ४, भक्तपुर

मेरो कारण भोकमा कति प¥यौ निद्रा हरायो कति ?
लाग्दा प्यास मिलेन खान जल नै आत्मा सुकायौ कति ?
पर्ला खाडलमा भनी प्रतिपला तैनाथ गर्दा ममा ।
बाबाका कति लक्ष्य तोडिन गए मेरो सुरक्षा दिँदा ।।१

साङ्लोझैँ म बनी कसेँ कति कसेँ सासै नचल्ने गरी ।
भित्री प्रेम दियौ विचित्रसँगले फाली धसेको सरी ।।
हुन्थ्यौ मौन भविष्यको लख गरी विद्वान् बनाएँ भने ।
मेरो साख अवश्य थाम्छ यसले सौभाग्यशाली बने ।।२

आमाको दहनीय वक्ष निमठी चुस्ता दिएँ पीडन ।
भोकै वा कि त तृप्त हुन् यतिकुरा को बुझ्दथ्यो उल्झन ।
निस्स्वार्थी मनबाट सेवित बनी हुर्काउँदाको क्षण ।
के सम्झूँ अहिले छ लाभतिरको चिन्ता नराम्रो किन ?३

किस्तामा हुनुहुन्न प्रेम ममता कर्तव्य सद्भावना ।
मायामा भरिपूर्ण बाँध्न नसके के चाहियो कामना ?
बाआमा हितका अपूर्व बल हुन् सम्याउँछन् टाकुरा ।
हाम्रालागि अनन्तसम्म खिइने हुन् दिव्य ती पाखुरा ।।४

छोराको अझसम्म छैन मनमा बाबा र आमा भने ।
ती छोरा बिनसित्तिका मयल हुन् बेकार छोरा बने ।।
लिन्छन् अंश यिनै डटेर दगुरी के हेर्दथे झन् पछि ।
आफ्नै हुन्छ बगान भुल्दछ त्यहीँ मारेर झन् बुर्कुसी ।।५

बढ्दै बालक भोलि बन्दछ ठिटो बिस्तारमा प्रौढ ऊ ।
बन्ने वृद्ध अवश्य हुन्छ क्रमले रोकेर रोकिन्न ऊ ।।
मर्यादा नरही विवेक सकिए के काम होला ठुलो ।
मात्रै केस फुलेर हुन्न गतिलो तारा सरी चम्किलो ।।६

छन्द : शार्दूलविक्रीडित
गण : म स ज स त त गु
सङ्केत :SSS  llS  lSl  llS  SSl  SSl  S

वि.सं.२०८१ मंसिर १ शनिवार ०४:५५ मा प्रकाशित

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

स्याङ्जा, वालिङ । युवा लेखकद्वय जी.बी. राना र सावित्रा थापाको...

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...