अनुराग अरुण, ललितपुर
पौरखी मग्न छन् साधनामा
मूर्ख रम्दै छ आलोचनामा
लाख हुन्छन् यहाँ मात्र साथी
हुन्छ कोही सधैँ सम्झनामा
भित्र मनमा हुँदा दुःख साह्रै
डुब्छ मान्छे चरम वेदनामा
दूर जाने निठुर बैगुनीको
बग्न थालेँ झनै कल्पनामा
भक्ति आराधना जे गरे पनि
पग्लिँदैनन् शिला प्रार्थनामा ।
बहर : मुतदारिक मुसम्मन महजूज
वजन : २१२ – २१२ – २१२ – २
अर्कान : फाइलुन्, फाइलुन् फाइलुन् फे
अभ्यास : परिश्रमी पाठशाला
वि.सं.२०८१ मंसिर १ शनिवार ०४:५३ मा प्रकाशित






























