back

कविता : अभावको गीत

वि.सं.२०८१ मंसिर १ शनिवार

621 

shares
GLOBAL IME AD
NTC AD

उत्तम विचार, नुवाकोट

मेटिन्न यो भोक अभाव खाई
अन्योलले मार्दछ झन् सताई ।
आकाश ढाक्ने महँगीछ चर्को
कहाँ म पाऊँ तन ढाक्न बर्को ।।१।

बजारले डाक्दछ किन्न आऊ
हजारले भन्दछ भो नजाऊँ ।
भरिन्न झोला थलिनेछ खल्ती
ए जिन्दगी भो कि मबाट गल्ती ।।२।

जम्नेछ पानी गहिरो जता छ
देख्दैन त्यो बन्जर खै कता छ ।
मर्दैन कङ्गाल सरी निहाल
बिदा लिई बस्दछ या त काल ।।३।

सब्जी पकाऊ नुनतेल लागोस्
खानाछ जस्तो तर भोक जागोस् ।
मरिन्न भोकै अनिँदो परिन्न
अकालमा ज्यान म जान दिन्नँ ।।४।

देखावटी भो किन यो समाज
छोप्नै बडो मुस्किल मान्छु लाज ।
आडम्बरी खोल उतार्नुपर्छ
सबै मिली देश सिँगार्नुपर्छ ।।५।

खाँदै नखाईकन भन्नु खाएँ
उस्तै नहो पेट त्यसै अघाएँ ।
चसक्क काँडासरि बिझ्नुपर्छ
संघर्षमा जीवन भिज्नुपर्छ ।।६।

अन्योलको ओज घटेर जाओस्
आभा छरी घाम नयाँ उदाओस् ।
आशा अपेक्षा सबमा जगाऔँ
अभाव भाग्नेछ मिली भगाऔँ ।।७।

छन्द : उपजाति

 

वि.सं.२०८१ मंसिर १ शनिवार ०४:५८ मा प्रकाशित

गजल

गजल

तारा बिष्ट छन्दार्पण हाल : मलेसिया जलाए दिल उनैले सादगी...

लघुकथा : सहादत

लघुकथा : सहादत

मनीषकुमार शर्मा ‘समित’ मध्यपुर ठिमी, भक्तपुर मध्यरातमा देखिएको छायाँ आकृतिले...

गजल

गजल

गजलिका, अमेरिका बसूँ भन्छ यो मन नयनभित्र तिम्रो इरादा छ...

कविता : मन छैन साथ

कविता : मन छैन साथ

उत्तमकुमार पोखरेल, भक्तपुर के के सुने सहरमा, कति सत्य होला...

कविता : म र भ्रष्टाचार

कविता : म र भ्रष्टाचार

दीनानाथ पोख्रेल, इलाम म व्यक्ति अति अग्लो छु, पदले धनले...

कविता : रिस

कविता : रिस

उत्तम विचार, नुवाकोट रिस हो निजको शत्रु गरौँ विनाश खोज्दछ...