back
CTIZAN AD

कविता : अभावको गीत

वि.सं.२०८१ मंसिर १ शनिवार

1.1K 

shares

उत्तम विचार, नुवाकोट

मेटिन्न यो भोक अभाव खाई
अन्योलले मार्दछ झन् सताई ।
आकाश ढाक्ने महँगीछ चर्को
कहाँ म पाऊँ तन ढाक्न बर्को ।।१।

बजारले डाक्दछ किन्न आऊ
हजारले भन्दछ भो नजाऊँ ।
भरिन्न झोला थलिनेछ खल्ती
ए जिन्दगी भो कि मबाट गल्ती ।।२।

जम्नेछ पानी गहिरो जता छ
देख्दैन त्यो बन्जर खै कता छ ।
मर्दैन कङ्गाल सरी निहाल
बिदा लिई बस्दछ या त काल ।।३।

सब्जी पकाऊ नुनतेल लागोस्
खानाछ जस्तो तर भोक जागोस् ।
मरिन्न भोकै अनिँदो परिन्न
अकालमा ज्यान म जान दिन्नँ ।।४।

देखावटी भो किन यो समाज
छोप्नै बडो मुस्किल मान्छु लाज ।
आडम्बरी खोल उतार्नुपर्छ
सबै मिली देश सिँगार्नुपर्छ ।।५।

खाँदै नखाईकन भन्नु खाएँ
उस्तै नहो पेट त्यसै अघाएँ ।
चसक्क काँडासरि बिझ्नुपर्छ
संघर्षमा जीवन भिज्नुपर्छ ।।६।

अन्योलको ओज घटेर जाओस्
आभा छरी घाम नयाँ उदाओस् ।
आशा अपेक्षा सबमा जगाऔँ
अभाव भाग्नेछ मिली भगाऔँ ।।७।

छन्द : उपजाति

 

वि.सं.२०८१ मंसिर १ शनिवार ०४:५८ मा प्रकाशित

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

स्याङ्जा, वालिङ । युवा लेखकद्वय जी.बी. राना र सावित्रा थापाको...

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...