back

कविता : नियति

वि.सं.२०८१ मंसिर १ शनिवार

792 

shares
GLOBAL IME AD
NTC AD

यम रेग्मी, दाङ

फिनी हरायो गहुँ वीज गन्छौ
टोपी छ फाट्दै सुरुवाल तुन्छौ
खस्दैछ लौटी छ कि छैन ख्याल ?
आँची छिटा छन् मुखमा पखाल ।१।

मेरो कुवामा अरु भर्छ पानी
छ खेत मेरै अरु छर्छ खानी
बन्दैछु आफ्नै घरभित्र दास
भान्सा छ मेरै अरु गर्छ राज ।२।

छ जन्त्र तिम्रो शिरमा विदेशी
कालो निशामा खुब हुन्छ खेती ?
फालीविना जोतिरहेछ कोही
पीडाविनै रोइरहेछ गोही ।३।

बलो नराखी घर छाइदैछ
माटो नराखी वर लाइदैछ
चाहिन्छ बोक्रा रुख बाच्नलाई
फल्दैन काक्र्रो लहरा चुडाई ।४।

विवेक कस्तो सब पर्छ ढङ्ग
उल्टो फुकेको किन हो नि शङ्ख ?
देखिन्छ खोले पछि नग्न आङ
मासिन्छ फूले पछि बाँस झाङ ।५।

छन्द :उपजाति (इन्द्रवज्रा + उपेन्द्रवज्रा)
गण : त त ज गु गु
सङ्केत : SSI    SSI  ISI  S S
विश्राम : पाँच अक्षरमा

वि.सं.२०८१ मंसिर १ शनिवार ०४:५९ मा प्रकाशित

लघुकथा : तृषा

लघुकथा : तृषा

मनीषकुमार शर्मा ‘समित’ मध्यपुर ठिमी, भक्तपुर मलामी आएका वृद्धा रहस्यात्मक...

चारु

चारु

नीता गुरुङ,गुवाहाटी, असम, भारत स्वार्थी मनले स्वाङ पारी मन्दिर धाएर...

चारु

चारु

सञ्जना शर्मा,लमही दाङ सूनिदैन कतै आजभोलि ताली युवा परदेश गाउँ...

गजल

गजल

तारा विष्ट छन्दार्पण, दाङ ,हाल -मलेसिया लुट्दै छ देश मेरो...

झिल्का कविता

झिल्का कविता

होम प्रसाद नेउपाने, धरान, सुनसरी १. प्रेमको उघार्नू ढोका सारा...

गजल

गजल

बिके मुखिया,वाङदे, दार्जिलिङ, भारत बनेमा जिन्दगानी तुफानी भन्न लायक हुनेथ्यो...