back
CTIZAN AD

कविता : नियति

वि.सं.२०८१ मंसिर १ शनिवार

1.6K 

shares

यम रेग्मी, दाङ

फिनी हरायो गहुँ वीज गन्छौ
टोपी छ फाट्दै सुरुवाल तुन्छौ
खस्दैछ लौटी छ कि छैन ख्याल ?
आँची छिटा छन् मुखमा पखाल ।१।

मेरो कुवामा अरु भर्छ पानी
छ खेत मेरै अरु छर्छ खानी
बन्दैछु आफ्नै घरभित्र दास
भान्सा छ मेरै अरु गर्छ राज ।२।

छ जन्त्र तिम्रो शिरमा विदेशी
कालो निशामा खुब हुन्छ खेती ?
फालीविना जोतिरहेछ कोही
पीडाविनै रोइरहेछ गोही ।३।

बलो नराखी घर छाइदैछ
माटो नराखी वर लाइदैछ
चाहिन्छ बोक्रा रुख बाच्नलाई
फल्दैन काक्र्रो लहरा चुडाई ।४।

विवेक कस्तो सब पर्छ ढङ्ग
उल्टो फुकेको किन हो नि शङ्ख ?
देखिन्छ खोले पछि नग्न आङ
मासिन्छ फूले पछि बाँस झाङ ।५।

छन्द :उपजाति (इन्द्रवज्रा + उपेन्द्रवज्रा)
गण : त त ज गु गु
सङ्केत : SSI    SSI  ISI  S S
विश्राम : पाँच अक्षरमा

वि.सं.२०८१ मंसिर १ शनिवार ०४:५९ मा प्रकाशित

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

स्याङ्जा, वालिङ । युवा लेखकद्वय जी.बी. राना र सावित्रा थापाको...

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...