कुमार थापा, निजगढ बारा हाल भारत
अँध्यारो घर दियालोले सधैँ झलमल कहाँ हुन्छ
चिता जस्तै सधैँ यो मन जले शीतल कहाँ हुन्छ
हजारौँ रोपिए भाला वचनका धार छन् उस्तै
बनेको यो खडा पर्वत कठै निर्बल कहाँ हुन्छ
मजालिन्छन् सबै वैरी विवशताको अवस्थामा
कसैले भन्छ भन्दैमा कुनै पागल कहाँ हुन्छ
कुरा गर्छ्यौ सधैँ उस्तै जहाँ सारा असम्भव छन्
तिमी माग्छ्यौ भने फिर्ता बितेका पल कहाँ हुन्छ
गलत ठान्यौ मलाई नै लचकता को उड्यो खिल्ली
प्रिया आफैँ ठुली बन्छ्यौ भने छलफल कहाँ हुन्छ ।
बहर : हजज मुसम्मन सालिम
वजन : १२२२/१२२२/१२२२/१२२२/
काफिया :अल
रदिफ : कहाँ हुन्छ
वि.सं.२०८१ मंसिर १ शनिवार ०५:०३ मा प्रकाशित





























