back
CTIZAN AD

गजल

वि.सं.२०८१ मंसिर १५ शनिवार

1.1K 

shares

सुधिर थापा, काठमाडौं

म खोज्दैछु हाँसो अधरमा हजुरको
लुकाएर तस्बिर नजरमा हजुरको

थिए छाल उठ्दै बगेको नदीमा
म प्यासी रहेको बगरमा हजुरको

दिदै प्यार मीठो गरेको छ माया
सरेको छु बस्ती शहरमा हजुरको

रमाएर आफैँ हटाई अँधेरी
उज्यालो भरेकी छु घरमा हजुरको

भुलेकी छु आफ्ना सबै माइतीका
रहेकी छु साच्चै म भरमा हजुरको

बहर : मुतकारिब मुसम्मन सालिम
अर्कान : फऊलुन् फऊलुन् फऊलुन् फऊलुन्
वजन : १२२ १२२ १२२ १२२

 

 

 

वि.सं.२०८१ मंसिर १५ शनिवार ०५:१० मा प्रकाशित

झिल्का कविताका ३ वटा कृति विमोचन तथा वाचन कार्यक्रम सम्पन्न

झिल्का कविताका ३ वटा कृति विमोचन तथा वाचन कार्यक्रम सम्पन्न

काठमाडौं । झिल्का साहित्य समाजको आयोजनामा नेपाल प्रज्ञा प्रतिष्ठानको पारिजात...

तृषित मन’ हाइकु /सेन्यु सङ्ग्रहको लोकार्पण

तृषित मन’ हाइकु /सेन्यु सङ्ग्रहको लोकार्पण

काठमाडौँ । कविताको लघुतम रूप हाइकु र सेन्यु नेपाली साहित्यमा...

चारु

चारु

दिपक पनेरु, ईश्वरपुर ४, सर्लाही, सागरनाथ भन्थ्यौ छोड्छु जिद्दीपन त्यो...

सुसेली

सुसेली

सुशील आचार्य तारकेश्र्वर ५ , काठमाडौँ १ जिन्दगी कस्तो सधैं...

गजल

गजल

सुधिर थापा, कुपण्डोल, ललितपुर खुसी बन्दै झुम्याै कस्तो तिमी मेरै...

गजल

गजल

बीके मुखिया,वाङदे, दार्जिलिङ,भारत प्यारमा वाचा गऱ्यौ सब बहानाझैँ भयो प्रेम...