back
CTIZAN AD

कविता : रक्षा स्वयंले गरूँ

वि.सं.२०८१ मंसिर १५ शनिवार

903 

shares

बिमला चन्द सानू
बैतडी हाल : काठमाडौं

हाम्रो सुन्दर देश यो कहरमा पर्दैछ रातादिन
चिन्ता छैन अझै यहाँ मुलुकको लाग्दैन माया किन
लाखौं लाख युवा विदेश रहँदा काटिन्छ मेरो मन
पुर्खाका सपना यसै डढिँरहे पोल्दैछ आत्मा तन ।१।

भ्रष्टाचार भयो यहाँ सहजले व्यापार गर्ने थलो
थाले बेच्न जवान रक्त पसिना हुन्थ्यो र खै के भलो
सानो काम गराउन भनसुनी गर्दा नबन्ने भयो
माथीबाट लिएर आज तकमा जालो बनेको छ यो ।२।

कस्ता हाकिम छन् विभिन्न दलका आफ्नै त हो जागिर
राम्रो काम म गर्छु भन्छ जसले झुक्छन् तिनैका शिर
यस्तै धुर्त छली भएर कपटी यो देश के उठ्छ र
सारा चोर धपाए मात्र अब लौ होला युवाको धर ।३।

राखौं लौ पहिलो भएर नभमा यो देशको चिन्तन
आफ्नै देश बने विदेश कहिले जादैन आफ्नो धन
आफ्नै पौरख कर्मले श्रम गरी पारौं धरा उर्वर
माटोमा सुन फल्छ है मुलुकको यो देश होस् निर्भर ।४।

जे जस्ता कुविचारका अयन हुन् फाल्दै बढौँ यो घडी
राम्रा सोच विकासका पथ लिई बढ्दै रहौँ झन् अघि
मेरो देश म भित्रको छ गरिमा हो देशको आवरू
चारैतर्फ बहार छर्न म सकूँ रक्षा स्वयंले गरूँ ।५।

छन्द : शार्दूलविक्रीडित
गण : म स ज स त त गु
गण सङ्केतः SSS llS lSl llS SSl SSl S

गजल

वि.सं.२०८१ मंसिर १५ शनिवार ०५:०८ मा प्रकाशित

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

विराटनगर । काव्य उद्यान नेपाल, विराटनगरको औपचारिक उद्घाटन भएको छ...

चारु

चारु

लक्ष्मी दास शर्मा, टासिछोलिङ, साम्ची, भुटान साउन मास पवित्र बेला...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही- १८, दाङ १. जसको हातमा पावर छ...