back

कविता : अर्ती

वि.सं.२०८१ मंसिर १५ शनिवार

426 

shares

भुवन शिवाकोटी चौघरे, काठमाडौं

समय बितेपछि
जवानी नै ओरालो झरेपछि
चौतारीमा
आँखाका दृष्टि नै हराएपछि
जिद्दी यादहरू भन्दैछन्
भरिलो जवानीमा
श्रम र पसिनाको भेल बग्नुपर्थ्यो
आर्थिक जोहो गर्नुपर्थ्यो
नाता टुटे
आँसुको भेल बग्यो

गल्ति
समयकै थियो
न नाता न समय चिन्न सकिस्
भुल गरिस्

आज
न तेरो खल्ती भरीरह्यो
न दिलभरी भयो

भारी दिल हलुका बना न
बाँकी नै छ जीवनको उत्तरार्ध
हाँस्नु छ अझै जीवनमा
रमाउनु छ

बेकार,
कति बगाउछस् आँसु
जवानीको भुल हो माया
बगेको पानी
गएको समय
बलेको आगो

फर्किदैन
तर
आउने समयको फूलबारी
सिंगार्न सकिन्छ ।

 

वि.सं.२०८१ मंसिर १५ शनिवार ०५:१३ मा प्रकाशित

कविता : उपहार

कविता : उपहार

छविलाल कोपिला, मजगाउँ, दाङ कमरेड ! आज तिमीलाई मेरो यो...

सुसेली

सुसेली

प्रतिभा देवी न्यौपाने, काठमाडौं १. दुर्गा दाइको मैले गर्छु सम्मान...

कविता : कस्तो बगैँचा भयो

कविता : कस्तो बगैँचा भयो

कनकधारा स्वामी स्वदेशानन्द गान्तोक, सिक्किम यी काकाकुल मात्र देखिन गए...

गजल

गजल

एक नारायण चापागाईं, दाङ धरातलमा भए बन्जर हरा हरपल कहाँ...

गजल

गजल

तारा बिष्ट छन्दार्पण हाल : मलेसिया देश लुट्ने दुष्ट जनको...

लघुकथा : उपराजा

लघुकथा : उपराजा

वसन्त अनुभव, घोराही, दाङ स्यालले आयोजना गरेको पत्रकार सम्मेलनमा थुप्रै...