back
CTIZAN AD

कविता : अर्ती

वि.सं.२०८१ मंसिर १५ शनिवार

1.1K 

shares

भुवन शिवाकोटी चौघरे, काठमाडौं

समय बितेपछि
जवानी नै ओरालो झरेपछि
चौतारीमा
आँखाका दृष्टि नै हराएपछि
जिद्दी यादहरू भन्दैछन्
भरिलो जवानीमा
श्रम र पसिनाको भेल बग्नुपर्थ्यो
आर्थिक जोहो गर्नुपर्थ्यो
नाता टुटे
आँसुको भेल बग्यो

गल्ति
समयकै थियो
न नाता न समय चिन्न सकिस्
भुल गरिस्

आज
न तेरो खल्ती भरीरह्यो
न दिलभरी भयो

भारी दिल हलुका बना न
बाँकी नै छ जीवनको उत्तरार्ध
हाँस्नु छ अझै जीवनमा
रमाउनु छ

बेकार,
कति बगाउछस् आँसु
जवानीको भुल हो माया
बगेको पानी
गएको समय
बलेको आगो

फर्किदैन
तर
आउने समयको फूलबारी
सिंगार्न सकिन्छ ।

 

वि.सं.२०८१ मंसिर १५ शनिवार ०५:१३ मा प्रकाशित

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...

गजल

गजल

भूपाल अधिकारी, विराटनगर सत्यवादी खुब जहाँ लाचार हुन्छ धुन्धुकारीको त्यहाँ...