back
CTIZAN AD

कविता : बुद्धि

वि.सं.२०८१ मंसिर १५ शनिवार

1.1K 

shares

उत्तम विचार, नुवाकोट

हुन्न काम छल औ बलले त्यो
बन्छ काम जडको हलले त्यो ।
ज्ञानको परिधिभित्र अटाऔँ
बुद्धिले कलह दूर गराऔँ ।।१।

युद्ध हैन सबथोक नठानौँ
बन्छ जीवन निरर्थक जानौँ ।
सोच फेर्न अभियान चलाऔँ
बुद्धिले कलह दूर गराऔँ ।।२।

लड्छ मूर्ख नबुझेर कुयुद्ध
जित्छ युद्ध नलडेर प्रबुद्ध ।
द्वेषले मन त्यसै नजलाऔँ
बुद्धिले कलह दूर गराऔँ ।।३।

शान्ति फुल्छ जसको मनभित्र
लाग्छ मन्दिर समान पवित्र ।
युद्ध हैन अब बुद्ध भजाऔँ
बुद्धिले कलह दूर गराऔँ ।।४।

भाइभाइ छ विभक्त समाज
छैन चिन्तन विचार सुभाव ।
प्रेमले दिल जितौँ नलडाऔँ
बुद्धिले कलह दूर गराऔँ ।।५।

छन्द : स्वागता
गण : र न भ गु गु
सङ्केत : २१२ १११ २११ २ २

वि.सं.२०८१ मंसिर १५ शनिवार ०५:१२ मा प्रकाशित

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

विराटनगर । काव्य उद्यान नेपाल, विराटनगरको औपचारिक उद्घाटन भएको छ...

चारु

चारु

लक्ष्मी दास शर्मा, टासिछोलिङ, साम्ची, भुटान साउन मास पवित्र बेला...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही- १८, दाङ १. जसको हातमा पावर छ...