back

एकताको आधार यसरी बनाउन सकिन्छ है, कामरेडहरु

वि.सं.२०८१ मंसिर १६ आइतवार

3.9K 

shares
GLOBAL IME AD
NTC AD

‘कमरेड म यहाँ हलभित्र छु बाहिर निस्कन मिलेन । प्रा. डा. शिवशरण जस्तो असल मानिसलाई दिँदा किर्तिपुरका लागि राम्रै हुन्छ भनेर भनेको छु । नम्बर र नाम मेसेज गरेको छु । केहि भोट पर्छन नै तपाईले पनि फोन गर्नु र भेटनु है’ मंसिर १३ देखि २३ सम्म काठमाण्डौमा चलिरहेको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको ऐतिहासिक एकता महाधिवेशनको बन्दसत्रबाट एकजना कमरेडले दुई दिन अगाडि मलाई भन्नुभयो ।

‘कमरेड तपाईहरु अझै संसदवादी हुनसक्नु भएको छैन वा कला छैन । फलाना पार्टीका फलना फलाना नेता पैसा बोकेरै हिडेका छन रे । रोक्नु मात्र भयो भनेपनि असल प्राध्यापकले किर्तिपुरको नेतृत्व गर्न पाउनुहुन्छ’ महाधिबेशनकै हलबाट अर्को कामरेडले चासोका साथ सुझाव दिनुभयो ।

यी दुई फोनको चासो, चिन्ता र सुझावले मन कटक्क खाएको छ । संसारै हल्लाएको माओवादी आन्दोलन बिभक्त र कमजोर हँुदा कसको आत्मा नपोलिएको होला र । काम्रेडहरुले यो सुझाव दिएसँगै मलाई कमरेड दिनेश शर्मासँगै करिव १ महिना अगाडी ४ घण्टा छलफल भएको स्मरण भयो । यतिबेला त उहाँहरु महाधिवेशनमा हुनुहुन्छ । कम्युनिष्ट पार्टीको जीवन निर्माणका लागि महाधिबेशनको महत्व निकै हुने गर्दछ । यद्दपी आवश्यकता र लचकताका नाममा महाधिबेशनका म्यान्डेटहरु कुल्चने गरेको इतिहास पनि हामीसँग छ । तथापी महाधिबेशन रणनीति ठोस र कार्यनीतिको हाँगा निर्धारण गर्ने सर्बोच्च निकाय भएकोले बिचार, राजनीति र कार्यक्रममार्फत जनताको दैलोमा पुग्नका लागि यसले निकै महत्व राख्दछ ।

नेपालको रुपान्तरणकारी आन्दोलनका एक प्रमुख र आदर्श पात्र क. मोहन बैद्व किरण तथा बिश्व प्रसिद्ध माओवादी नेता सीपी गजुरेल गौरव लगायतले नेतृत्व गरेको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको ऐतिहासिक एकता महाधिवेशन भएकाले पनि हामी जस्तालाई कौतुहलता थपिएको छ । लामो समयदेखि क्रान्तिकारी कम्युनिष्ट आन्दोलनमा अविच्छिन्न लागिपर्नु भएका कमरेड रामसिंह श्रीशदेखि जनताको भाषामा भन्दा वर्तमान सत्ताले नडामीएका र क प्रचण्डसंगै आन्दोलनमा होमिएका कमरेड हरिभक्त कंडेल ‘प्रतिक’, बैचारिक नेताहरु हेमन्त वलि, क. ईन्द्रमोहन सिग्देल, संसदको कार्यनीतिक उपयोगको अनुभव बटुलेका क. परी थापा, मजदुर आन्दोलनको संगठक र पर्याय बनेका क. दिनेश शर्मा, क. चक्रपाणी शर्मा लगायतका नेताहरुले सो पार्टीमा नेतृत्व दिइरहनु भएको छ ।

निश्चय पनि अन्तरहृदयदेखिको सम्मानका साथ यो धारणा ब्यक्त गर्दा र उहाँहरुको नाम लिइरहँदा म आवद्ध नेकपा (माओवादी केन्द्र) का कतिपय कमरेडलाई मन नपर्न सक्छ । क्रान्तिकारी कम्युनिस्ट पार्टीका केहि मित्रलाई पनि अरुचि हुनसक्छ । तर सच्याई के हो भने, हामी जुन ध्येयका साथ आन्दोलनमा आकर्षित भएर लामो समय ब्यतित ग¥यौं, आज त्यसको सहि उपादेयता र प्रभावको अध्ययनमै छांै, हामी । मंसिर १३ देखि २३ सम्म काठमाण्डौको किर्तिपुरमा चलिरहेको कमरेडहरुको महाधिवेशनले यो अध्ययनको निचोडसँगै एकताका आधार निर्माणमा पनि ध्यान पुयाउन सकोस् भन्ने आग्रह हो ।

माओका अनुसार ‘क्रान्ति हुनु छ भने क्रान्तिकारी पार्टी हुनैपर्छ । क्रान्तिकारी पार्टी बिना माक्र्सवादी लेनिनवादी क्रान्तिकारी सिद्धान्त र क्रान्तिकारी पद्दती अनुसार बनेको पार्टी बिना साम्राज्यवाद तथा यसका दलालहरूलाई पराजित गर्न मजदुर वर्ग र विशाल जनसमुदायलाई नेतृत्व गर्न असम्भव छ ।’ अहिले सम्मको यो मान्यतामा हामी धेरै सहमत छौ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको ऐतिहासिक एकता महाधिवेशनको उद्घाटन मन्तव्यमा कमरेड किरणले ‘अहिले देश असाध्यै समस्याग्रस्त अवस्थामा छ । दलाल पुँजीवादी व्यवस्था संकटको आवस्थामा रहेको छ । देश असफलतातिर गइरहेको छ । कुनै पनि क्षेत्र आज सन्तोषजनक छैन । आज मजदुर, किसान, व्यापारी, उद्योगी लगायत तमाम उत्पीडित जनताहरु, जनजातिहरु, मधेसीहरु, महिलाहरु सबै आज यो अवस्थामा रहेका छन् । देश कता जाँदै छ भन्ने प्रश्न सबैमा उब्जिएको छ ।’ भन्नुभएको कुरा गम्भिर बनाएको छ । त्यसैगरी उहाँले ‘आज हामी तीनवटा क्रान्तिकारी कम्युनिस्ट पार्टीहरु एक भएर महाधिवेशन गर्दैछौं । सच्चा कम्युनिस्ट क्रान्तिकारीहरु एकठाउँमा आउनु आज देशको आवश्यकता बन्न गएको छ । यो देशमा रहनुभएका कयौं कम्युनिस्ट घटकहरु, व्यक्तित्वहरु सबैलाई हामी एकता प्रक्रियामा जुट्न आव्हान गर्न पनि चाहन्छौं । आगामी दिनमा यो पार्टीले देशको क्रान्तिकारी आन्दोलनलाई अगाडि बढाउने छ । यो महाधिवेशनबाट जनताको भरोसायोग्य पार्टी बनाउने छौं ।’ भनेको कुरा पनि सबै क्रान्तिकारीलाई खुशिको कुरा हो ।

नढाटीकन भन्ने हो भने अरुको मृत्युमा आफनो उत्थान पनि देख्यौं हामीले । यतिबेला सबैले टाउको समाएका छौं । गल्ती सबैबाट भएका छन् । शब्दहरुको जार्गनमा भन्दा क्रान्तिको कार्ययोजनामा वढि ध्यान दिऔं । नयाँ जनवादी क्रान्तिले स्थापित गर्ने संरचनाहरु सबै नबनिसकेको कारण त्यसको मर्मलाई समेटेर बैज्ञानिक समाजवादको आधार निर्माणबारे बहश गरौ । सबैलाई एकता चाहिएको छ । कसैको गतिशिलतालाई सम्मान गरौ । कसैको क्रान्तिकारी ईमेजलाई मर्यादा गरौ । देब्रे र दाहिने अति नियन्त्रणका लागी सतर्क रहौं । एकता टाढा छैन ।

यसैगरी सो पार्टीका वरिष्ठ नेता सीपी गजुरेल गौरवले ‘अन्तर्राष्ट्रिय परिस्थिति तेस्रो विश्वयुद्धतिर उन्मुख भएको र तेस्रो विश्वयुद्ध भयो भने विगतका युद्धभन्दा धेरै नै भयानक र विनाशकारी हुने दाबीसहित तेस्रो विश्वयुद्ध हुनका लागि अन्तरसाम्राज्यवादी अन्तरविरोध बढेर गएको हुनुपर्ने भन्दै अहिले एकातिर अमेरिका र नाटोसँग सम्बन्धित देशहरु र अर्कोतिर चीन, रुस, उत्तर कोरिया र इरान देखिएकोले विश्वयुद्ध हुने परिस्थिति विकसित हुँदै गएको’ धारणामा पनि सबै क्रान्तिकारीहरु गम्भिर नै बन्नुपर्दछ । यसैमा उहाँ भन्नुहुन्छ ‘विश्व अहिले दुई ध्रुवमा विभाजित भएको छ । एक ध्रुवको नेतृत्व अमेरिकाले गरेको छ भने अर्को ध्रुवको नेतृत्व चीन–रुसले गरिरहेका छन् । युक्रेन र गाँजाको युद्धमा यी शक्तिहरु परोक्ष रुपमा संलग्न भएका छन् र अब प्रत्यक्ष रुपमा युद्धमा आउने परिस्थिति विकसित भएको छ । खासगरी अमेरिकी राष्ट्रपति बाइडेनले आफू सत्ताबाट बाहिरिदै गर्दा संयुक्त राष्ट्रसंघले समेत प्रतिबन्ध लगाएको आइसीबिएम मिसायल रुसका विरुद्ध प्रहार गर्न अनुमति दिएपछि स्थिति अझ विश्वयुद्धतर्फ उन्मुख भएको छ । युक्रेनले आइसीबिएम मिसायल रुसी भूमिमा प्रयोग गरेपछि रुसले पनि त्यो भन्दा अझ घातक हतियार युक्रेनमाथि प्रहार गरेको छ । अमेरिका र रुस प्रत्यक्ष रुपमा टकराउने स्थिति विकसित भएको छ । यो विश्वयुद्ध रोक्नका लागि विश्वमा कम्युनिस्ट आन्दोलन बलियो हुनुपर्छ ।’

अगाडि थप्नुहुन्छ ‘आज नेपाल र विश्वमा कम्युनिस्ट शक्ति कमजोर भयो भनेर पुँजीवादी साम्राज्यवादीहरु खुशी मनाइरहेका छन् । यी सब क्षणिक कुरा हुन् । नेपालमा र विश्वमा पनि कम्युनिस्ट शक्तिलाई बलियो बनाएर मात्र साम्राज्यवादी युद्धलाई रोक्न सकिन्छ र वास्तविक शान्तिको अनुभूति दिलाउन सकिन्छ ।’ हामी के कति सक्छौ त्यो आफनो ठाउमा हो तर यी सैद्धान्तिक कुरामा धेरै बिमति राख्ने कुनै ठाउँ नै छैन ।

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल तथा अन्य कम्युनिष्ट समूहमा रहेका केहि कमरेडहरुमा के धंगधंगी अझै छ भने सिद्धान्त र विचारको शास्त्रिय मान्यताले नै क्रान्तिकारी आत्मा मर्न दिंदैन । विचारका हिसाबमा यो अन्यथा होइन । तर सिद्धान्त र विचार के का लागि भन्ने गम्भिर र अहम प्रश्न पनि संगै छ । हामीले पक्रेको सिद्धान्त र बोकेको विचार क्रान्तिकारी परीणाम दिने खालको हुनुपर्दछ । मानव सभ्यतामा भएका विकास, पछिल्लो सूचना प्रविधि र यन्त्र मानवको प्रभाव मात्र होइन मानव स्वभावको सावधानीपूर्वक रुपान्तरणको मर्मबोध हुनुपर्दछ । निश्चय पनि क्रान्तिकारीहरु उपभोक्तावादले गाँजिदा के भएका छौं भन्ने कुरा पढन र हेर्न अन्त जानु पर्दैन । संसदलाई कार्यनीतिक उपयोग, सरकारलाई क्रान्तिको बाँकी कामको लागी प्रयोग भन्दाभन्दै जनताले नपत्याउने अवस्था पनि हामीले भोगेर आएका छौं । महान जनयुद्धकै बलमा हामीले गणतन्त्र ल्याएका हाैं । संबिधानको बिरोधका नाउँमा यसको बिघटन मागेर क्रान्तिकारी हुन सकिर्दैन । जनबिद्रोह गरेर जनगणतन्त्र घोषणा गरीहाल्ने अवस्था पनि छैन अहिले । बरु गणतन्त्रलाई जनपक्षिय कोर्षमा लैजादै जनगणतन्त्रतर्फ जनता आकर्षित गर्ने लचिलो कार्यनीति तय गरौं ।

इतिहासले फेरि यो साथ चाहेको छ ।

कम्युनिष्ट आन्दोलनमा एउटा बिषाक्त रोग छ । आफूसँग रहुन्जेल औधि राम्रो, स्वार्थमा धक्का परे पुरै खराव । समर्पण गरे ७ खत माफ, नगरे १४ खतको खोजि र धकेल्याई । खासगरी यो रोग तत्कालिन माले भन्दा तत्कालिन चांैथो महाधिबेशनको स्कुलमा बढिरहेको भन्ने पनि छ । आज सीपी मैनालीहरुको अवस्था पनि नदेखिएको होइन् । नेतृत्वहरुमा आएका बिचलन मुख्य र त्यसले पैदा गर्ने अहंकार, मनमुटाव र ईगो नै विभाजनका कारण भनिदै आएको अवस्था पनि हो । एउटा साथीको खुटटामा काँढा बिझ्दा अर्कालाई चसक्क दुख्ने संस्कृति र कमरेड भोकै छ की भनेर बाँडेर खाएको बिरासत र इतिहासबाट आएका हामीहरु स्वार्थ बाझिँदासाथ लाज लाग्ने तहमा ओर्लिएर खेदो खन्न लाग्यौं । रिसको झोकमा टाउकामा घन बजायौं पनि । दुश्मनसँगको झोक, आवेग र आक्रोशहरुले आन्दोलनमा उर्जा पैदा गरे पनि आफ्नो साथीहरु बीचको सहकार्यमा बाधा नै पुगेका छन् । त्यसैले क. किरण, गौरव, प्रतिक, हेमन्त, सागर, वसन्त, कमलप्रसाद लगायत विप्लव, प्रकाण्ड, धर्मेन्द्र, आहुती, साइला सहित हामी सबैले सोचौं । कमरेड प्रचण्डले यो महसुस सार्वजनिक रुपमै गरेको अवस्थामा मुख्यतः क. किरण र गौरवले हामी सबैको यो पुकारालाई सुनिदिनुहुनेछ र बाबुराम दाईले पनि नबहकिकन आत्मासात गरिदिनुहुनेछ भन्ने आशा छ।

नढाटीकन भन्ने हो भने अरुको मृत्युमा आफनो उत्थान पनि देख्यौं हामीले । यतिबेला सबैले टाउको समाएका छौं । गल्ती सबैबाट भएका छन् । शब्दहरुको जार्गनमा भन्दा क्रान्तिको कार्ययोजनामा वढि ध्यान दिऔं । नयाँ जनवादी क्रान्तिले स्थापित गर्ने संरचनाहरु सबै नबनिसकेको कारण त्यसको मर्मलाई समेटेर बैज्ञानिक समाजवादको आधार निर्माणबारे बहश गरौ । सबैलाई एकता चाहिएको छ । कसैको गतिशिलतालाई सम्मान गरौ । कसैको क्रान्तिकारी ईमेजलाई मर्यादा गरौ । देब्रे र दाहिने अति नियन्त्रणका लागी सतर्क रहौं । एकता टाढा छैन ।

 

वि.सं.२०८१ मंसिर १६ आइतवार ०७:५३ मा प्रकाशित

लगानीकर्ताले कसरी लिने कानुनी लाभ

लगानीकर्ताले कसरी लिने कानुनी लाभ

काठमाडौँ । धितोपत्र बजार जोखिम र सम्भावनाको पिङ हो ।...

योग, आरोग्य र समृद्धि

योग, आरोग्य र समृद्धि

काठमाडौँ । योग एक पूर्ण मनुष्य बन्ने जीवन पद्दति हो...

राजनीतिमा जाग्दै आदिवासी जनजाति महिला

राजनीतिमा जाग्दै आदिवासी जनजाति महिला

कुनै पनि परिवर्तनको मूल आधार भनेको राजनीतिक चेत र अभ्यास...

कस्तो हुनुपर्छ बैंकर्स सङ्घको भूमिका ?

कस्तो हुनुपर्छ बैंकर्स सङ्घको भूमिका ?

वाणिज्य बैङ्कहरूको छाता सङ्गठन नेपाल बैंकर्स सङ्घले हालै नयाँ नेतृत्व...

नेपालमा निजामती सेवामा दलगत ट्रेड युनियन किन राख्नु हँदैन ?

नेपालमा निजामती सेवामा दलगत ट्रेड युनियन किन राख्नु हँदैन ?

नेपालको निजामती सेवा भनेको सरकारको स्थायी, गैर(राजनीतिक, र व्यवस्थापकीय संस्था...

विज्ञापनको विश्वासले निम्त्याउने स्वास्थ्य सङ्कट

विज्ञापनको विश्वासले निम्त्याउने स्वास्थ्य सङ्कट

काठमाडौँ । ‘तपाईंको शरीरको तौल ४५ मिनेटमा नै कम हुनेछ,...