back
CTIZAN AD

एकताको आधार यसरी बनाउन सकिन्छ है, कामरेडहरु

वि.सं.२०८१ मंसिर १६ आइतवार

4.7K 

shares

‘कमरेड म यहाँ हलभित्र छु बाहिर निस्कन मिलेन । प्रा. डा. शिवशरण जस्तो असल मानिसलाई दिँदा किर्तिपुरका लागि राम्रै हुन्छ भनेर भनेको छु । नम्बर र नाम मेसेज गरेको छु । केहि भोट पर्छन नै तपाईले पनि फोन गर्नु र भेटनु है’ मंसिर १३ देखि २३ सम्म काठमाण्डौमा चलिरहेको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको ऐतिहासिक एकता महाधिवेशनको बन्दसत्रबाट एकजना कमरेडले दुई दिन अगाडि मलाई भन्नुभयो ।

‘कमरेड तपाईहरु अझै संसदवादी हुनसक्नु भएको छैन वा कला छैन । फलाना पार्टीका फलना फलाना नेता पैसा बोकेरै हिडेका छन रे । रोक्नु मात्र भयो भनेपनि असल प्राध्यापकले किर्तिपुरको नेतृत्व गर्न पाउनुहुन्छ’ महाधिबेशनकै हलबाट अर्को कामरेडले चासोका साथ सुझाव दिनुभयो ।

यी दुई फोनको चासो, चिन्ता र सुझावले मन कटक्क खाएको छ । संसारै हल्लाएको माओवादी आन्दोलन बिभक्त र कमजोर हँुदा कसको आत्मा नपोलिएको होला र । काम्रेडहरुले यो सुझाव दिएसँगै मलाई कमरेड दिनेश शर्मासँगै करिव १ महिना अगाडी ४ घण्टा छलफल भएको स्मरण भयो । यतिबेला त उहाँहरु महाधिवेशनमा हुनुहुन्छ । कम्युनिष्ट पार्टीको जीवन निर्माणका लागि महाधिबेशनको महत्व निकै हुने गर्दछ । यद्दपी आवश्यकता र लचकताका नाममा महाधिबेशनका म्यान्डेटहरु कुल्चने गरेको इतिहास पनि हामीसँग छ । तथापी महाधिबेशन रणनीति ठोस र कार्यनीतिको हाँगा निर्धारण गर्ने सर्बोच्च निकाय भएकोले बिचार, राजनीति र कार्यक्रममार्फत जनताको दैलोमा पुग्नका लागि यसले निकै महत्व राख्दछ ।

नेपालको रुपान्तरणकारी आन्दोलनका एक प्रमुख र आदर्श पात्र क. मोहन बैद्व किरण तथा बिश्व प्रसिद्ध माओवादी नेता सीपी गजुरेल गौरव लगायतले नेतृत्व गरेको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको ऐतिहासिक एकता महाधिवेशन भएकाले पनि हामी जस्तालाई कौतुहलता थपिएको छ । लामो समयदेखि क्रान्तिकारी कम्युनिष्ट आन्दोलनमा अविच्छिन्न लागिपर्नु भएका कमरेड रामसिंह श्रीशदेखि जनताको भाषामा भन्दा वर्तमान सत्ताले नडामीएका र क प्रचण्डसंगै आन्दोलनमा होमिएका कमरेड हरिभक्त कंडेल ‘प्रतिक’, बैचारिक नेताहरु हेमन्त वलि, क. ईन्द्रमोहन सिग्देल, संसदको कार्यनीतिक उपयोगको अनुभव बटुलेका क. परी थापा, मजदुर आन्दोलनको संगठक र पर्याय बनेका क. दिनेश शर्मा, क. चक्रपाणी शर्मा लगायतका नेताहरुले सो पार्टीमा नेतृत्व दिइरहनु भएको छ ।

निश्चय पनि अन्तरहृदयदेखिको सम्मानका साथ यो धारणा ब्यक्त गर्दा र उहाँहरुको नाम लिइरहँदा म आवद्ध नेकपा (माओवादी केन्द्र) का कतिपय कमरेडलाई मन नपर्न सक्छ । क्रान्तिकारी कम्युनिस्ट पार्टीका केहि मित्रलाई पनि अरुचि हुनसक्छ । तर सच्याई के हो भने, हामी जुन ध्येयका साथ आन्दोलनमा आकर्षित भएर लामो समय ब्यतित ग¥यौं, आज त्यसको सहि उपादेयता र प्रभावको अध्ययनमै छांै, हामी । मंसिर १३ देखि २३ सम्म काठमाण्डौको किर्तिपुरमा चलिरहेको कमरेडहरुको महाधिवेशनले यो अध्ययनको निचोडसँगै एकताका आधार निर्माणमा पनि ध्यान पुयाउन सकोस् भन्ने आग्रह हो ।

माओका अनुसार ‘क्रान्ति हुनु छ भने क्रान्तिकारी पार्टी हुनैपर्छ । क्रान्तिकारी पार्टी बिना माक्र्सवादी लेनिनवादी क्रान्तिकारी सिद्धान्त र क्रान्तिकारी पद्दती अनुसार बनेको पार्टी बिना साम्राज्यवाद तथा यसका दलालहरूलाई पराजित गर्न मजदुर वर्ग र विशाल जनसमुदायलाई नेतृत्व गर्न असम्भव छ ।’ अहिले सम्मको यो मान्यतामा हामी धेरै सहमत छौ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको ऐतिहासिक एकता महाधिवेशनको उद्घाटन मन्तव्यमा कमरेड किरणले ‘अहिले देश असाध्यै समस्याग्रस्त अवस्थामा छ । दलाल पुँजीवादी व्यवस्था संकटको आवस्थामा रहेको छ । देश असफलतातिर गइरहेको छ । कुनै पनि क्षेत्र आज सन्तोषजनक छैन । आज मजदुर, किसान, व्यापारी, उद्योगी लगायत तमाम उत्पीडित जनताहरु, जनजातिहरु, मधेसीहरु, महिलाहरु सबै आज यो अवस्थामा रहेका छन् । देश कता जाँदै छ भन्ने प्रश्न सबैमा उब्जिएको छ ।’ भन्नुभएको कुरा गम्भिर बनाएको छ । त्यसैगरी उहाँले ‘आज हामी तीनवटा क्रान्तिकारी कम्युनिस्ट पार्टीहरु एक भएर महाधिवेशन गर्दैछौं । सच्चा कम्युनिस्ट क्रान्तिकारीहरु एकठाउँमा आउनु आज देशको आवश्यकता बन्न गएको छ । यो देशमा रहनुभएका कयौं कम्युनिस्ट घटकहरु, व्यक्तित्वहरु सबैलाई हामी एकता प्रक्रियामा जुट्न आव्हान गर्न पनि चाहन्छौं । आगामी दिनमा यो पार्टीले देशको क्रान्तिकारी आन्दोलनलाई अगाडि बढाउने छ । यो महाधिवेशनबाट जनताको भरोसायोग्य पार्टी बनाउने छौं ।’ भनेको कुरा पनि सबै क्रान्तिकारीलाई खुशिको कुरा हो ।

नढाटीकन भन्ने हो भने अरुको मृत्युमा आफनो उत्थान पनि देख्यौं हामीले । यतिबेला सबैले टाउको समाएका छौं । गल्ती सबैबाट भएका छन् । शब्दहरुको जार्गनमा भन्दा क्रान्तिको कार्ययोजनामा वढि ध्यान दिऔं । नयाँ जनवादी क्रान्तिले स्थापित गर्ने संरचनाहरु सबै नबनिसकेको कारण त्यसको मर्मलाई समेटेर बैज्ञानिक समाजवादको आधार निर्माणबारे बहश गरौ । सबैलाई एकता चाहिएको छ । कसैको गतिशिलतालाई सम्मान गरौ । कसैको क्रान्तिकारी ईमेजलाई मर्यादा गरौ । देब्रे र दाहिने अति नियन्त्रणका लागी सतर्क रहौं । एकता टाढा छैन ।

यसैगरी सो पार्टीका वरिष्ठ नेता सीपी गजुरेल गौरवले ‘अन्तर्राष्ट्रिय परिस्थिति तेस्रो विश्वयुद्धतिर उन्मुख भएको र तेस्रो विश्वयुद्ध भयो भने विगतका युद्धभन्दा धेरै नै भयानक र विनाशकारी हुने दाबीसहित तेस्रो विश्वयुद्ध हुनका लागि अन्तरसाम्राज्यवादी अन्तरविरोध बढेर गएको हुनुपर्ने भन्दै अहिले एकातिर अमेरिका र नाटोसँग सम्बन्धित देशहरु र अर्कोतिर चीन, रुस, उत्तर कोरिया र इरान देखिएकोले विश्वयुद्ध हुने परिस्थिति विकसित हुँदै गएको’ धारणामा पनि सबै क्रान्तिकारीहरु गम्भिर नै बन्नुपर्दछ । यसैमा उहाँ भन्नुहुन्छ ‘विश्व अहिले दुई ध्रुवमा विभाजित भएको छ । एक ध्रुवको नेतृत्व अमेरिकाले गरेको छ भने अर्को ध्रुवको नेतृत्व चीन–रुसले गरिरहेका छन् । युक्रेन र गाँजाको युद्धमा यी शक्तिहरु परोक्ष रुपमा संलग्न भएका छन् र अब प्रत्यक्ष रुपमा युद्धमा आउने परिस्थिति विकसित भएको छ । खासगरी अमेरिकी राष्ट्रपति बाइडेनले आफू सत्ताबाट बाहिरिदै गर्दा संयुक्त राष्ट्रसंघले समेत प्रतिबन्ध लगाएको आइसीबिएम मिसायल रुसका विरुद्ध प्रहार गर्न अनुमति दिएपछि स्थिति अझ विश्वयुद्धतर्फ उन्मुख भएको छ । युक्रेनले आइसीबिएम मिसायल रुसी भूमिमा प्रयोग गरेपछि रुसले पनि त्यो भन्दा अझ घातक हतियार युक्रेनमाथि प्रहार गरेको छ । अमेरिका र रुस प्रत्यक्ष रुपमा टकराउने स्थिति विकसित भएको छ । यो विश्वयुद्ध रोक्नका लागि विश्वमा कम्युनिस्ट आन्दोलन बलियो हुनुपर्छ ।’

अगाडि थप्नुहुन्छ ‘आज नेपाल र विश्वमा कम्युनिस्ट शक्ति कमजोर भयो भनेर पुँजीवादी साम्राज्यवादीहरु खुशी मनाइरहेका छन् । यी सब क्षणिक कुरा हुन् । नेपालमा र विश्वमा पनि कम्युनिस्ट शक्तिलाई बलियो बनाएर मात्र साम्राज्यवादी युद्धलाई रोक्न सकिन्छ र वास्तविक शान्तिको अनुभूति दिलाउन सकिन्छ ।’ हामी के कति सक्छौ त्यो आफनो ठाउमा हो तर यी सैद्धान्तिक कुरामा धेरै बिमति राख्ने कुनै ठाउँ नै छैन ।

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल तथा अन्य कम्युनिष्ट समूहमा रहेका केहि कमरेडहरुमा के धंगधंगी अझै छ भने सिद्धान्त र विचारको शास्त्रिय मान्यताले नै क्रान्तिकारी आत्मा मर्न दिंदैन । विचारका हिसाबमा यो अन्यथा होइन । तर सिद्धान्त र विचार के का लागि भन्ने गम्भिर र अहम प्रश्न पनि संगै छ । हामीले पक्रेको सिद्धान्त र बोकेको विचार क्रान्तिकारी परीणाम दिने खालको हुनुपर्दछ । मानव सभ्यतामा भएका विकास, पछिल्लो सूचना प्रविधि र यन्त्र मानवको प्रभाव मात्र होइन मानव स्वभावको सावधानीपूर्वक रुपान्तरणको मर्मबोध हुनुपर्दछ । निश्चय पनि क्रान्तिकारीहरु उपभोक्तावादले गाँजिदा के भएका छौं भन्ने कुरा पढन र हेर्न अन्त जानु पर्दैन । संसदलाई कार्यनीतिक उपयोग, सरकारलाई क्रान्तिको बाँकी कामको लागी प्रयोग भन्दाभन्दै जनताले नपत्याउने अवस्था पनि हामीले भोगेर आएका छौं । महान जनयुद्धकै बलमा हामीले गणतन्त्र ल्याएका हाैं । संबिधानको बिरोधका नाउँमा यसको बिघटन मागेर क्रान्तिकारी हुन सकिर्दैन । जनबिद्रोह गरेर जनगणतन्त्र घोषणा गरीहाल्ने अवस्था पनि छैन अहिले । बरु गणतन्त्रलाई जनपक्षिय कोर्षमा लैजादै जनगणतन्त्रतर्फ जनता आकर्षित गर्ने लचिलो कार्यनीति तय गरौं ।

इतिहासले फेरि यो साथ चाहेको छ ।

कम्युनिष्ट आन्दोलनमा एउटा बिषाक्त रोग छ । आफूसँग रहुन्जेल औधि राम्रो, स्वार्थमा धक्का परे पुरै खराव । समर्पण गरे ७ खत माफ, नगरे १४ खतको खोजि र धकेल्याई । खासगरी यो रोग तत्कालिन माले भन्दा तत्कालिन चांैथो महाधिबेशनको स्कुलमा बढिरहेको भन्ने पनि छ । आज सीपी मैनालीहरुको अवस्था पनि नदेखिएको होइन् । नेतृत्वहरुमा आएका बिचलन मुख्य र त्यसले पैदा गर्ने अहंकार, मनमुटाव र ईगो नै विभाजनका कारण भनिदै आएको अवस्था पनि हो । एउटा साथीको खुटटामा काँढा बिझ्दा अर्कालाई चसक्क दुख्ने संस्कृति र कमरेड भोकै छ की भनेर बाँडेर खाएको बिरासत र इतिहासबाट आएका हामीहरु स्वार्थ बाझिँदासाथ लाज लाग्ने तहमा ओर्लिएर खेदो खन्न लाग्यौं । रिसको झोकमा टाउकामा घन बजायौं पनि । दुश्मनसँगको झोक, आवेग र आक्रोशहरुले आन्दोलनमा उर्जा पैदा गरे पनि आफ्नो साथीहरु बीचको सहकार्यमा बाधा नै पुगेका छन् । त्यसैले क. किरण, गौरव, प्रतिक, हेमन्त, सागर, वसन्त, कमलप्रसाद लगायत विप्लव, प्रकाण्ड, धर्मेन्द्र, आहुती, साइला सहित हामी सबैले सोचौं । कमरेड प्रचण्डले यो महसुस सार्वजनिक रुपमै गरेको अवस्थामा मुख्यतः क. किरण र गौरवले हामी सबैको यो पुकारालाई सुनिदिनुहुनेछ र बाबुराम दाईले पनि नबहकिकन आत्मासात गरिदिनुहुनेछ भन्ने आशा छ।

नढाटीकन भन्ने हो भने अरुको मृत्युमा आफनो उत्थान पनि देख्यौं हामीले । यतिबेला सबैले टाउको समाएका छौं । गल्ती सबैबाट भएका छन् । शब्दहरुको जार्गनमा भन्दा क्रान्तिको कार्ययोजनामा वढि ध्यान दिऔं । नयाँ जनवादी क्रान्तिले स्थापित गर्ने संरचनाहरु सबै नबनिसकेको कारण त्यसको मर्मलाई समेटेर बैज्ञानिक समाजवादको आधार निर्माणबारे बहश गरौ । सबैलाई एकता चाहिएको छ । कसैको गतिशिलतालाई सम्मान गरौ । कसैको क्रान्तिकारी ईमेजलाई मर्यादा गरौ । देब्रे र दाहिने अति नियन्त्रणका लागी सतर्क रहौं । एकता टाढा छैन ।

 

वि.सं.२०८१ मंसिर १६ आइतवार ०७:५३ मा प्रकाशित

प्रणालीगत सोंच र व्यवहार नै लोकतन्त्रको जग

प्रणालीगत सोंच र व्यवहार नै लोकतन्त्रको जग

प्रणालीगत दृष्टिकोण एउटा समस्या समाधान गर्ने विधि हो जसले व्यक्तिगत...

नेपालको कृषि : विगतका असफल नीति, वर्तमान चुनौती र अबको रूपान्तरणको बाटो

नेपालको कृषि : विगतका असफल नीति, वर्तमान चुनौती र अबको रूपान्तरणको बाटो

नेपालको अर्थतन्त्रको मेरुदण्ड मानिने कृषि क्षेत्र आज पनि देशको सबैभन्दा...

किसानको भविष्य र अनुदानको पुनर्संरचना

किसानको भविष्य र अनुदानको पुनर्संरचना

​नेपालको अर्थतन्त्रको मेरुदण्ड मानिने कृषि र पशुपालन क्षेत्र आज एक...

असमानताको वर्तमान अर्थराजनीतिक चित्र

असमानताको वर्तमान अर्थराजनीतिक चित्र

१.अवधारणा सामाजिक असमानता भनेको समाजभित्र व्यक्ति वा समूहहरू बिच स्रोत,...

सामुदायिक विद्युतीकरणमा नीतिगत एवं व्यवस्थापकीय सुधारको पहल

सामुदायिक विद्युतीकरणमा नीतिगत एवं व्यवस्थापकीय सुधारको पहल

काठमाडौँ । ऊर्जा क्षेत्रजस्तो दीर्घकालीन प्रभाव पार्ने क्षेत्रमा समन्वय, निरन्तरता...

विचलित नेपालको कम्युनिष्ट नेतृत्व

विचलित नेपालको कम्युनिष्ट नेतृत्व

नेपालमा कम्युनिष्ट आन्दोलन वर्गसंघर्ष, समानता र जनताको मुक्तिको मार्गचित्रबाट सुरु...