back
CTIZAN AD

आइपिओ निष्कासनको प्रक्रिया अघि बढाउन निर्देशन

वि.सं.२०८१ मंसिर १९ बुधवार

954 

shares

काठमाडौँ । नेपाल धितो पत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले आइपिओको फाइल अघि बढाउन निर्देशन दिएका छन् । बोर्डका कर्मचारीहरूसँग बोर्डको स्थिति र रोकिएका कामबारे ब्रिफिङ लिँदै श्रेष्ठले आइपिओको फाइल अघि बढाउन निर्देशन दिएका हुन् ।

ब्रिफिङका क्रममा कर्मचारीले अध्यक्ष नहुँदा आइपिओ निष्कासन प्रक्रिया अघि बढ्न नसकेको बताएपछि लगत्तै अध्यक्षले प्रक्रिया अघि बढाउन निर्देशन दिएको बोर्डका उच्च अधिकारीले बताए ।

सबै मापदण्ड पूरा गरेका कम्पनीहरूलाई आउँदो सातादेखि क्रमिक रूपमा आइपिओ निष्कासनको अनुमति दिइने ती अधिकारीले बताए । आइपिओको स्वीकृति मागेका कम्पनीहरूको फाइल अघि बढे पनि सबैलाई एकै पटक निष्कासनको अनुमति दिन कठिन हुने ती अधिकारी बताए ।

‘बोर्डमा स्वीकृति मागेका धेरै कम्पनीले निवेदन मात्रै दिएका छन्, केहीका कागजात पुराना भइसके ।’, उनले भने, ‘अब कम्पनीहरूका फाइल खोलिन्छन् । मापदण्ड, कागज, प्रक्रिया सबै पूरा गरेका कम्पनीलाई अनुमति दिइन्छ । बाँकीको प्रक्रिया पूरा गरेपछि काम अघि बढ्छ ।’

बोर्डले रोकिएका आइपिओ जारी गर्न दिने तयारी गरिरहेका बेला सेयर लगानीकर्ताले भने एकै पटक आइपिओको बाढी आउँदा त्यसको असर दोस्रो बजारमा पर्ने भन्दै आइपिओको बाढी आउनु गलत भएको बताउने गरेका छन् । यता बोर्डले उक्त विषयलाई गम्भीरतापूर्वक लिएको बताइएको छ । आइपिओ निष्कासनका लागि स्वीकृति मागेका ७७ कम्पनीको फाइल लाइनमा छन् ।

वि.सं.२०८१ मंसिर १९ बुधवार ११:३५ मा प्रकाशित

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पछिल्ला १० दिनमा...

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापन नेप्से परिसूचक आज...

नेप्सेको नयाँ सीईओका लागि आवेदन खुला, योग्यता र अनुभव कति चाहिन्छ ?

नेप्सेको नयाँ सीईओका लागि आवेदन खुला, योग्यता र अनुभव कति चाहिन्छ ?

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले नयाँ प्रमुख...

नेपाल राष्ट्र बैंकद्वारा ’नेपाल ई बिज म्यानेजमेन्ट’ को अनुमतिपत्र स्वतः रद्द

नेपाल राष्ट्र बैंकद्वारा ’नेपाल ई बिज म्यानेजमेन्ट’ को अनुमतिपत्र स्वतः रद्द

काठमाडौँ । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक संस्था ’नेपाल...