back

आइपिओ निष्कासनको प्रक्रिया अघि बढाउन निर्देशन

वि.सं.२०८१ मंसिर १९ बुधवार

375 

shares
GLOBAL IME AD
NTC AD

काठमाडौँ । नेपाल धितो पत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले आइपिओको फाइल अघि बढाउन निर्देशन दिएका छन् । बोर्डका कर्मचारीहरूसँग बोर्डको स्थिति र रोकिएका कामबारे ब्रिफिङ लिँदै श्रेष्ठले आइपिओको फाइल अघि बढाउन निर्देशन दिएका हुन् ।

ब्रिफिङका क्रममा कर्मचारीले अध्यक्ष नहुँदा आइपिओ निष्कासन प्रक्रिया अघि बढ्न नसकेको बताएपछि लगत्तै अध्यक्षले प्रक्रिया अघि बढाउन निर्देशन दिएको बोर्डका उच्च अधिकारीले बताए ।

सबै मापदण्ड पूरा गरेका कम्पनीहरूलाई आउँदो सातादेखि क्रमिक रूपमा आइपिओ निष्कासनको अनुमति दिइने ती अधिकारीले बताए । आइपिओको स्वीकृति मागेका कम्पनीहरूको फाइल अघि बढे पनि सबैलाई एकै पटक निष्कासनको अनुमति दिन कठिन हुने ती अधिकारी बताए ।

‘बोर्डमा स्वीकृति मागेका धेरै कम्पनीले निवेदन मात्रै दिएका छन्, केहीका कागजात पुराना भइसके ।’, उनले भने, ‘अब कम्पनीहरूका फाइल खोलिन्छन् । मापदण्ड, कागज, प्रक्रिया सबै पूरा गरेका कम्पनीलाई अनुमति दिइन्छ । बाँकीको प्रक्रिया पूरा गरेपछि काम अघि बढ्छ ।’

बोर्डले रोकिएका आइपिओ जारी गर्न दिने तयारी गरिरहेका बेला सेयर लगानीकर्ताले भने एकै पटक आइपिओको बाढी आउँदा त्यसको असर दोस्रो बजारमा पर्ने भन्दै आइपिओको बाढी आउनु गलत भएको बताउने गरेका छन् । यता बोर्डले उक्त विषयलाई गम्भीरतापूर्वक लिएको बताइएको छ । आइपिओ निष्कासनका लागि स्वीकृति मागेका ७७ कम्पनीको फाइल लाइनमा छन् ।

वि.सं.२०८१ मंसिर १९ बुधवार ११:३५ मा प्रकाशित

नेप्से परिसूचक र कारोबार रकम दुवैमा वृद्धि

नेप्से परिसूचक र कारोबार रकम दुवैमा वृद्धि

काठमाडौँ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक र कारोबार...

नेप्से परिसूचक ६ दशमलव ७८ अङ्कले बढ्यो, कारोबार रकम साढे छ अर्बभन्दा बढी

नेप्से परिसूचक ६ दशमलव ७८ अङ्कले बढ्यो, कारोबार रकम साढे छ अर्बभन्दा बढी

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचकमा सामान्य अङ्कको सुधार...

२६ सयको अङ्कमा पुग्यो नेप्से परिसूचक, कारोबार रकम रु छ अर्बभन्दा बढी

२६ सयको अङ्कमा पुग्यो नेप्से परिसूचक, कारोबार रकम रु छ अर्बभन्दा बढी

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज दुई हजार...

नेप्से परिसूचक सात अङ्कले घट्यो

नेप्से परिसूचक सात अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र कारोबार मापक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक...

अब साना कम्पनीले आईपीओ जारी गर्न पाउने

अब साना कम्पनीले आईपीओ जारी गर्न पाउने

काठमाडौँ । साना तथा मझौला संगठित संस्थाको धितोपत्र निष्कासन तथा...

नेप्से परिसूचकमा झिनो अङ्कको सुधार

नेप्से परिसूचकमा झिनो अङ्कको सुधार

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचकमा झिनो अङ्कको सुधार...