back
CTIZAN AD

जानुका धमलाको ‘बारूदभित्र जीवन’ सार्वजनिक

वि.सं.२०८१ मंसिर २० बिहीवार

2K 

shares

जानुका धमला ‘सन्ध्या’ द्वारा लिखित ‘बारूदभित्र जीवन’ नामक औपचारीक रुपले सार्वजनिक भएको छ । नेकपा माओवादीद्धारा संचालित दश बर्षे जनयुद्धको प्रत्यक्ष अनुभव संगालेकी धमलाको सो पुस्तक २०८१ मंसिर १९ गते बुधवार सार्वजनिक भएको हो ।

गणतन्त्र सेनानी कोषको आयोजनामा भएको “गणतन्त्र सेनानी सम्मान २०८१” नामक कार्यक्रममा जनमुक्ति सेनाकी कमाण्डर समेत रहेकी जानुकाको सो पुस्तक पुर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सार्वजनिक गरेका थिए ।

धमला जनमुक्ति सेनाको कमाण्डर र सदस्यको रूपमा दर्जनौं फौजी कारवाही र भिडन्तहरूमा प्रत्यक्ष सहभागी भएकी योद्वा हुन् । जनयुद्वमा जीवनसाथी समेत गुमाएकी निर्भिक र निडर उनी तत्कालीन रेडियो जनगणतन्त्र नेपालको संवाददाता पनि रहेकी थिइन् । शान्ति प्रक्रियापछि तेस्रो डिभिजनबाट स्वेच्छिक अवकासमा निस्केकी उनी रोजगारीको सिलसिलामा युरोप समेत पुगेकी थिइन । कृषिको ब्यबशायीकरण र उत्पादनमार्फत समृद्धिको सपना साचेकी उनी नेकपा (माओवादी केन्द्र) वागमती प्रदेश सदस्य पनि हुन् ।

गणतन्त्र सेनानी कोषका अध्यक्ष तथा बागमती प्रदेशसभा सदस्य सरल सहयात्रीको अध्यक्षतामा राजधानी काठमाण्डौको सांस्कृतिक संस्थान राष्ट्रिय नाचघर जमलमा नेकपा(माओवादी केन्द्र)का अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतिथ्यता रहेको सो कार्यक्रममा जनमुक्ति सेनाका डेपुटी कमाण्डर जनार्दन शर्मा प्रभाकर, नन्दबहादुर पुन पासाङ, चक्रपाणी खनाल बलदेव तथा बाग्मती प्रदेशको १३ जिल्लाका जनमुक्ति सेनाका कमाण्डरहरुलाई सम्मान गरिएको थियो ।

वि.सं.२०८१ मंसिर २० बिहीवार ०९:२७ मा प्रकाशित

कवि दाहालको “महाकवि लक्ष्मीप्रसाद देवकोटा” महाकाव्य लोकार्पण

कवि दाहालको “महाकवि लक्ष्मीप्रसाद देवकोटा” महाकाव्य लोकार्पण

काठमाडौँ । कवि कलानिधि दाहालको महाकाव्य “महाकवि लक्ष्मीप्रसाद देवकोटा” को...

कवि अस्तित्वको कविता सङ्ग्रह ’चिहानमाथि महल बनाइरहेको मान्छे’ माथि समीक्षा

कवि अस्तित्वको कविता सङ्ग्रह ’चिहानमाथि महल बनाइरहेको मान्छे’ माथि समीक्षा

दाङ । राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङको आयोजनामा कवि...

चारु

चारु

दिपक पनेरु,ईश्वरपुर ४, सर्लाही छुटेपछि दिल मेरो घायल भएछ तिम्रो...

झिल्का कविता

झिल्का कविता

शिवहरि खनाल,धादिङ १. सुखकाे आधार शान्ति शान्तिबाटै आउने हाे हाम्राे...

कविता : छोटा भाइ इन्डिया

कविता : छोटा भाइ इन्डिया

हिरा भट्ट 'बदमास नम्बर दुई' पञ्चेश्वर-६, बैतडी छोटा भाइ पडोसका...

सुसेली : पानी

सुसेली : पानी

प्रमाेद नेपाल,काठमाडौँ (१) बुझ्दछ ज्ञानी झर्छ तल बादल बाेकेर पानी...